विश्व कीर्तिमानी मिङ्मा डेविडद्धारा किलिमन्जारोको सफल आरोहण

Advertisement

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा डेविड शेर्पाले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको सफल आरोहण गरेका छन् । 

उनले पाँच हजार ८९५ मिटर उचाइमा रहेको किलिमन्जारोको चुचुरोमा शनिबार स्थानीय समय अनुसार बिहान ७ बजे आरोहण गरेका हुन् । उक्त हिमालको आरोहणसँगै शेर्पाले सात महादेशका अग्ला शिखरहरु मध्ये पाँच वटा हिमालहरु चढन सफल भएका छन् । 

Advertisement

सातै महादेशका अग्ला शिखरमध्ये सगरमाथा, आकानकागुवा, माउन्ट एल्ब्रस, डेनालीको सफल आरोहण गरिसकेका उनी अब अस्ट्रेलियामा रहेको कार्स्टेन्स पिरामिड र अन्टार्कटिकामा रहेको माउन्ट भिन्सन चढ्ने योजनामा छन् । 

शेर्पाले किलिमन्जारो हिमालको आरोहण गनअघि पाकिस्तानमा रहेको र विश्वको दोस्रो अग्लो हिमाल केटुको छैठौं पटक आरोहण गन सफल भएका थिए । उनले गत वर्षको सिजनमा केटु हिमाल पाँचौं पटक सफल आरोहण गरी आफ्नै कीर्तिमान तोडेर गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए । 

शेर्पाले आफ्नो छैठौं पटक केटु हिमाल आरोहणमा ‘क्लिन एज यू गो’ र ‘लिभ नो ट्रेक्स पोलिसि’ अभियान पनि चलाएका थिए । शेर्पा विश्वका आठ हजार मिटर अग्ला १४ वटै हिमाल आरोहण गर्ने कान्छो आरोही हुन् ।

Advertisement

Advertisement