प्रेम गीत ३ र चिसो मान्छे अब डिशहोम गो एपमा निःशुल्क हेर्न पाइने

Advertisement

काठमाडौं । नेपालसहित विदेशमा समेत एकै साथ प्रदर्शन भएकोसफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ र सामाजिक कथामा आधारित चलचित्र ‘चिसो मान्छे’ अब डिशहोम गो एपमा उपलव्ध भएको छ । 

विभिन्न कारणवस हलसम्म गएर यी चलचित्र हेर्न छुटाका दर्शकहरुले अब डिशहोम गो एपमा आफूले चाहेको समयमा यी चलचित्र निःशुल्क हेर्न सक्नेछन् । 

Advertisement

यो एप प्ले स्टोर वा एप स्टोरबाट आफ्नो मोवाइलमा निःशुल्क डाउनलोड गरेर चलाउन सकिन्छ । गोलाइभ डट डिशहोम डट कम डट एनपीमा लगइन गरेर ल्याबटप वा कम्प्युटरमा समेत चलाउन सकिने कम्पनीले जनाएको छ ।

गो एपमा नेपाली चलचित्र, सिरियल, कोरियन सिरिजलगायत अन्य विभिन्न कन्टेन्टहरु पनि उपलव्ध रहेको छ । 
 

Advertisement

Advertisement