आन्तरिक राजस्व विभागले उठायो ४० अर्ब ३४ करोड राजस्व, लक्ष्यभन्दा ८ अर्ब ६६ करोड कम

Advertisement

काठमाडौं । आन्तरिक राजस्व विभागले लक्ष्यभन्दा ८ अर्ब ६६ करोड कम राजस्व संकलन गरेको छ । विभागले साउन महिनामा ४० अर्ब ३४ करोड राजस्व संकलन गरेको हो ।

विभागले साउन महिनामा ४९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य रहेको थियो। विभागले १६ अर्ब ९ करोड आयकर संकलन गर्ने लक्ष्य लिएकोमा १३ अर्ब २६ करोड मात्रै असुल गरेको छ। मूल्य अभिवृद्धि कर (भ्याट) १४ अर्ब लक्ष्यमा ११ अर्ब ४७ करोड असुल गरेको छ ।

Advertisement

यसैगरी १० अर्ब ६१ करोड अन्तशुल्क असुल गर्ने लक्ष्य लिएकोमा ७ अर्ब ७० करोड मात्रै राजस्व संकलन भएको छ ।

साउन महिनामा केन्द्र सरकारले घरबहाल कर २२ करोड संकलन गरेको छ। स्वास्थ्य सेवा शुल्क ६५ करोड ७१ लाख असुल गरेको छ। शिक्षा सेवा शुल्क २८ करोड असुल गरेको छ ।

यसैगरी भन्सार विभागले पनि लक्ष्य अनुसारको लक्ष्य असुल गर्न सकेको छैन। विभागले ३९ अर्ब लक्ष्यमा ३२ अर्ब ६६ करोड मात्रै राजस्व संकलन गरेको हो। दुई विभाग राजस्व असुलीमा पहिलो महिनामै १५ अर्बले पछि परिसकेको छ ।

Advertisement

Advertisement