निफ्राका लागि राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन संशोधन, के-के थपियो ?

Advertisement

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ५० करोड वा सो भन्दा धेरैको कर्जा उपयोग गर्ने ऋणीलाई कर्जा प्रवाह वा नवीकरण गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ एजेन्सीबाट गरिएको रेटिङलाई कर्जा मूल्याङकनको आधारमा लिनुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरेको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै आज नयाँ निर्देशन दिएको हो । 

Advertisement

यस्तै निफ्राले पूर्वाधार सम्बन्धी परियोजनाहरुको पहिचान, विश्लेषण, सम्भाव्यता अध्ययन एवं लागत अनुमान गरी परियोजना विकास गर्न क्षेत्रगत ‘स्पेसल पर्पोज भेइकल’ (एसपीभी) कम्पनीको स्थापना गर्न सक्ने नयाँ निर्देशनमा उल्लेख छ । 

राष्ट्र बैंकको निर्देशन अनुसार कालोसूचीमा परेकाहरुले निफ्रामा खाता खोल्न पाउने छैनन् ।

एकीकृत निर्देशन २०७८ को संशोधनको पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहोस् 

Advertisement

Advertisement