निर्जीवन बीमा कम्पनीद्वारा तीन अर्ब ९८ करोड बीमा शुल्क आर्जन, गतवर्ष भन्दा ५० करोड घट्यो

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा निर्जीवन बीमा कम्पनीहरुले तीन अर्ब ९८ करोड रुपियाँ बीमाशुल्क आर्जन गरेका छन् । 

यी कम्पनीहरुले गत आर्थिक वर्षको समीक्षा अवधिमा चार अर्ब ४८ करोड २९ लाख रुपियाँ आर्जन गरेका थिए । यसरी तुलना गर्दा ५० करोड बीमाशुल्क घटेको छ । 

Advertisement

साउन महिनामा सबैभन्दा धेरै बीमाशुल्क सगरमाथा लूम्बिनी इन्स्योरेन्स (सालिको) ले गरेको छ । उक्त कम्पनीले बीमाशुल्क ५५ करोड १५ लाख रुपियाँ आर्जन गरेको छ । दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४२ करोड ५० लाख रुपियाँ र शिखर इन्स्योरेन्सले ३३ करोड रुपियाँ बीमाशुल्क आर्जन गरेको छ ।

गत वर्ष साउनमा निर्जीवनतर्फ १९ वटा कम्पनीहरु थिए भने अहिले निर्जीवन बीमा कम्पनीहरुको संख्या पाँच वटाले घटेर जम्मा १४ वटा कायम भएको छ ।यसरी बीमाशुल्क घट्नुमा मर्जर मुख्य कारण देखिन्छ । 

यता, केही प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुले भने एक महिनामै मर्जरको आँकलन गर्न नमिल्ने भन्दै मर्जरको सिनर्जी देखिन अझै समय लाग्ने तर्क गरे । 

 

 

Advertisement

Advertisement