साढे चार अर्बले बढ्यो जीवन बीमा व्यवसाय, ‘यो मर्जरको प्रभाव हो’–सिलवाल

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा बीमा कम्पनीहरुले कूल १९ अर्ब ६० करोड रुपियाँ बीमाशुल्क संकलन गरेका छन् । 

गत आर्थिक वर्षको समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरुले १५ अर्ब ५ करोड  रुपियाँमात्रै बीमाशुल्क आर्जन गरेका थिए । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांक अनुसार कूल जीवन बीमाशुल्क साढे चार अर्ब रुपियाँले बढेको हो । 

Advertisement

गत साउन महिनामा सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । नेपाल लाइफले बीमाशुल्क पाँच अर्ब २२ करोड रुपियाँ संकलन गरेको हो । त्यस्तै दोस्रोमा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने जीवन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थान बनेको छ । बीमा संस्थानले तीन अर्ब ३३ करोड रुपियाँ बीमाशुल्क आर्जन गरेको छ । 

त्यस्तै, एक अर्ब ९३ करोड रुपियाँ बीमाशुल्क संकलन गर्दै हिमालयन लाइफ इन्स्योरेन्स तेस्रो नम्बरमा देखिएको छ । 

यता नेपाल  बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रमा हालसालै सम्पन्न मर्जरको प्रभाव देखिन सुरु गरेको प्रतिक्रिया दिएका छन् । सिवालले कर्पोरेट नेपालसँग भने,‘अहिले नागरिकहरुमा बीमाको बारेमा बुझ्ने अवसरहरु धेरै प्राप्त भयो । बीमा कम्पनीहरु मर्जरमा गएर उनीहरु भित्री रुपमा बलियो बन्ने अवसर पाए । प्राविधिक रुपमा बीमा कम्पनीहरु बलियो भएको थाहा पाएपछि मानिसहरुको रुची बीमामा बढ्नु स्वभाविक पनि हो । अहिलेको वृद्धिलाई जनचेतना बढ्ने र मर्जरको प्रभावको रुपमा लिन सकिन्छ ।’ 

अध्यक्ष सिलवालले केही कम्पनीहरुको हकमा भने तथ्यांक केलाएर नै विश्लेषण गर्नु पर्ने अवस्था रहेको जानकारी दिए । 

कुन कम्पनीको बीमाशुल्क कति ?

Advertisement