विश्व कीर्तिमानी मिङ्मा डेविड शेर्पाले गरे  किलिमन्जारो हिमालकाे तेस्राे पटक आराेहण

Advertisement

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा डेविड शेर्पाले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको तेस्रो पटक सफल आरोहण गरेका छन् । 

उनले पाँच हजार ८९५ मिटर उचाइमा रहेको किलिमन्जारोको चुचुरोमा आज अफिका समय अनुसार बिहान ७ बजे ३० मिनेटमा सफल आरोहण गरेका हुन् । 

Advertisement

उक्त हिमालको सफल आरोहणसँगै उनले सात महादेशका अग्ला शिखरहरु मध्ये पाचँ वटा हिमालहरु चढन सफल भएका छन् । 

सातै महादेशका अग्ला शिखरमा मध्ये सगरमाथा, आकानकागुवा, माउन्ट एल्ब्रस, डेनालीको सफल आरोहण गरिसकेका शेर्पाले बताए । सात महादेशका अग्ला शिखरहरु चुम्न अब दुईवटा मात्र बाँकी छ । बाँकी रहेका हिमालहरु अस्ट्रेलियामा रहेको कार्स्टेन्स पिरामिड र अन्टार्कटिकामा रहेको माउन्ट भिन्सन हुन् ।

उनले गत वर्षको सिजनमा केटु हिमाल पाँचौं पटक सफल आरोहण गरी आफ्नै कीर्तिमान तोडेर गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए । 

शेर्पा विश्वका आठ हजार मिटर अग्ला १४ वटै हिमाल आरोहण गर्ने कान्छो आरोही हुन् ।

Advertisement

Advertisement