लैंगिक अल्पसंख्यकको बारेमा निर्मित ‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक

Advertisement

काठमाडौं । नेपाली चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । 

सार्वजनिक कार्यक्रममा अभिनेता विपिन कार्कीले यो एक कहानी भएको र धर्म, संस्कृतिमाथि थोरै भए पनि चोट पुग्ने डरले भगवत गीताको ठाउँमा एक भगवत गीता नाम राखिएको बताए । 

Advertisement

भगवत गीता भन्दा कतिपयले भागवत गीता नै सम्झिने भएकाले एक भगवत गीता भनिसकेपछि भागवत गीता जस्तै अर्को कथाका रुपमा चलचित्र बनाइएको बताए । कार्कीले भाषामा र लोकेशनमा चलचित्रलाई बाँध्ने काम भएको बताए । फिल्म सम्पूर्ण नेपालभरका लागि बनाएकाले सबैले बुझ्ने किसिमले फिल्म बनाएको उनको भनाई छ । 

त्यस्तै अभिनेत्री सुहाना थापाले भागवत गीता सबैलाई एक ठाउँमा ल्याउने चलचित्र भएको बताए । त्यस्तै अभिनेत्री एवं निर्देशक झरना थापाले कमलामाई पात्रमा आधारित रहेर चलचित्र निर्माण गर्ने बताइन् । 

आउँदो भदौ २९ गतेबाट प्रदर्शन आउने यो एक भगवत गीतामा लैंगिक अल्पसंख्यक समुदाय र मधेसको कथावस्तुमा निर्माण गरिएको हो । यो चलचित्रले विभेद, समानता र न्यायको सन्देश दिने प्रयास गरेको जनाइएको छ । मनाङ र जनकपुरको सेटिङमा खिचिएको सिनेमामा अनुरागमान सिंह कुँवर, कविर खड्का र संजोग रसाईली खलपात्रको चरित्रमा देखिएका छन् । 

अन्तरजातीय प्रेमकथामा आधारित रहेको सिनेमामा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कविर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ । सुनिल कुमार थापाको निर्माण रहेको सिनेमाको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।

Advertisement