शरद ऋतुको लागि आरोहण अनुमति खुल्यो, ६५ जनाले लिए अनुमति
फाइल तस्बिर

Advertisement

काठमाडौं । शरद ऋतुका लागि हिमाल आरोहण अनुमति लिन सुरु भएको छ । आरोहण अनुमति सुरु भएसँगै मनास्लु र रक्षा उराई हिमाल आरोहण्कोा लागि ६५ आरोहीले अनुमति लिएका छन् । 

पर्यटन विभागका साहसिक तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार शरद ऋतुका लागि मनास्लु र रक्षा उराई हिमाल दुई हिमाल गरी ६५ जना आरोहीले आरोहण अनुमति लिएका हुन् । 

Advertisement

साथै ‘रोप फिक्सिङ’ को जिम्मा पनि इमाजिन नेपाल ट्रेक्सलाई दिएको उनले जनाकारी दिए । मनास्लु हिमाल आरोहणको लागि आरोहण अनुमति लिनेको संख्या उत्साजनक रहेको छ ।  ‘रोप फिक्सिङ’ को लागि टोली मनास्लु हिमाल तर्फ प्रस्थान गरिसकेका उनले बताए । 

इमाजिन नेपाल ट्रेक्सका प्रबन्धक दावा फुुटी शेर्पाका अनुसार शरद ऋतुका लागि मनास्लुमा रोप फिक्सिङको काम गर्न इमाजिन नेपालले पाएको जानकारी दिइन् । रोप फिक्सिङ टिममा ७ जना शेर्पाहरु रहेका छन् । टिमको नेतृत्व माउन्टेन गाइड दावा ग्याल्जे शेर्पाले गर्ने छन् । टिम अबको तीन दिनमा मनास्लु बेस क्याम्प पुग्ने शेर्पाले जानकारी दिइन् । त्यसपछि मनास्लु हिमालको चुचुरो सम्म रोप फिक्सिङको काम सुरु गर्ने उनले बताइन् । 

शरद ऋतुका लागि मनास्लु र रक्षा उराई हिमाल आरोहणका लागि २० मुलुकका ५७ जना पुरुष र ८ जना महिला छन् । उनीहरुबाट ७३ लाख ६० हजार ८५० रुपियाँ रोयल्टी संकलन गरेको विभागले जनाएको छ । 

Advertisement

Advertisement