नेक्सन ईभीको अपार सफलतापछि टाटाले ल्यायो टियागो ईभी, बुकिङ सुरु, के छ विशेषता ?

Advertisement

काठमाडौँ । टाटा मोटर्सको नेपालको आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले बहुप्रतिक्षित टियागो ईभी (विद्युतीय सवारी साधन)को बुकिङ आरम्भ गरेको छ । 

टाटाको नेक्सन ईभीको अपार सफलतापछि सिप्रदीले टियागो ईभीको अनलाइन बुकिङ सुरु गरेको हो । गाडीहरुको वृहत प्रदर्शनी ‘नाडा अटो शो’मा लन्च गर्नेगरी बुकिङ सुरु भएको यो गाडीले नेक्सन ईभीले भन्दा राम्रो सफलता पाउने आशा लिइएको छ । 

Advertisement

सिप्रदीले बिक्री मूल्य सार्वजनिक नगरे पनि सुपथ मूल्यमा बिक्री गर्ने तयारीमा कम्पनी छ । घरमै बसेर मोवाइल र कम्प्युटरबाट बुकिङ गर्न सकिने यो गाडी नाडा अटो शोमा आकर्षक सुरुवाती मूल्यसहित सार्वजनिक गर्ने बताइएको छ । 

ग्राहकहरुले गाडीको अवलोकन तथा टेस्ट ड्राइभको लागि नाडा अटोशोमा टाटा मोटर्सको स्टल नम्बर एथ्रीमा वा नेपाल अधिराज्यभर रहेका सिप्रदीका टाटा मोटर्स शोरुम जान सकिन्छ । नेपालमा सबैभन्दा धेरै भेरियन्टका विद्युतीय गाडी टाटा मोटर्सले बिक्री गर्दै आएको छ ।

टाटा टियागो ईभी भारतमा ह्याचब्याक सेगमेन्टको पहिलो सबैभन्दा रुचाइएको ईभी हो, जुन भारतीय इभी मार्केटमा छोटो समयमा सबैभन्दा धेरै बुकिङ हुने गाडीमा पर्दछ । नेपालमा पनि टाटा टियागो ईभी एकदमै धेरै सोधखोज भइरहेको गाडी हो । नेपाली ग्राहकहरुको बदलिँदो आकांक्षा एवं जीवनशैलीसंग मेल खाने जनाइएको टाटा टियागो ईभीले विशेष गरी युवावर्गहरुमा थप उत्साह र ईभी प्रयोगमा थप वृद्धि गराउने कम्पनीको आशा रहेको छ ।

नेपालमा टाटा टियागो ईभी ५ वटा भेरियन्टसहित ४ वटा कलरमा उपलब्ध हुनेछन् । गाडीमा स्पोर्ट र सिटी ड्राइभ मोडसहित अटोमेटिक ड्राइभ सिस्टम छ । सीसीएस–२ चार्जिङ सिस्टम रहेको गाडीको एमईडिसी रेञ्ज ३१५ किमी भनिएको छ भने नेपाली बाटोमा २५० किमि सम्मको रेन्ज दिने अनुमान गरिएको छ ।

अहिलेको समयमा टाटा मोटर्सको धेरै रुचाइएका ईभीले नेपाली बजारबाट राम्रो प्रतिक्रिया प्राप्त गर्दै कम्पनीले पनि आफ्नो उत्पादनहरुका साथ ग्राहक सेवालाई पनि उत्कृष्ट बनाउँदै आईरहेको बताउँदै सिप्रदीले नेपालकै पहिलो, ठूलो र फैलिएको २१ स्थानमा फास्ट चार्जिङ स्टेशनदेखि उच्चस्तरीय २३ स्थानमा सिप्रदीका सर्भिस सेन्टरको विस्तार भईसकेको र आउने दिनहरुको लागि पनि अझ मद्दत पुग्ने गरि यो वर्ष चार्जिङ स्टेशनदेखि सर्भिस स्टेशनलाई नेपालको विभिन्न भूभागमा फैलाउने योजना रहेको बताएको छ । योसँगै जनशक्तिको दक्षतालाई अझै मजबुत गर्न ईभी लर्निङ सेन्टर तथा ट्रेनिङ सेन्टरको थप निर्माण गर्ने योजना रहेको पनि कम्पनीको भनाई छ । 

Advertisement