खाडीमा नेपाली कृषिजन्य उत्पादनको माग बढ्दो, तर नेपाल व्यापारी निर्यात गर्न उदासिन

Advertisement

काठमाडौं । खाडी मुलुकमा रहेका नेपाली राजदूतहरुले खाडी देशहरुमा नेपालबाट कृषिजन्य उत्पादन लैजान सकिने प्रचुर सम्भावना भएपनि नेपाली व्यापारीहरु ‘एडुकेट’ हुन नसकेको बताएका छन् । 

ललितपुरमा भएको राजदूतहरुसँग व्यवसायीहरुको छलफलमा उनीहरुले खाडी मुलुकमा नेपालका कृषिजन्य उत्पादनहरुको माग बढिरहे पनि नेपाली व्यापारीहरु निर्यातका लागि अग्रसर हुन नसकेको बताएका हुन् । 

Advertisement

राजदूतहरुले नेपालमा उत्पादन हुने तरकारी, फलफूलको माग युएई, कुवेत लगायतका देशमा बढ्दै गइरहेको र त्यहाँको मागअनुसार नेपालले आपूर्ति गर्नसके अर्थतन्त्रमा थप टेवा पुग्ने बताए । थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले नेपाली व्यापारीहरुलाई एडुकेट बनाउन आवश्यक रहेको बताए । 

उनले व्यापारीका पनि धेरै कमजोरी रहेको भन्दै व्यवसायीहरुले आफ्नो व्यवहार सुधार्नुपर्ने जरुरी रहेको बताए । ओलीले एक वर्ष मेलामा जाने र अर्को वर्षबाट नजाने गर्दा बजारको माग पूरा गर्न नसकिने अवस्था देखिँदै आएको बताए । उनले राजदूतले सम्बन्धित देशमा गर्नसक्ने धेरै सम्भावना रहेको उल्लेख गर्दै क्षणिक रुपमा व्यवसायीहरुले सोच्नु नहुने बताए । 

उनले भने, ‘हामीले कुन कुन वस्तुमा के के सुविधा पाएका छौँ, त्यो लिस्ट हामीलाई पठाइदिनुहोला, त्यो लिस्ट उहाँहरुलाई पनि सुनाउनु होला । एग्जिबिशनमा जानुहुन्छ, सफ्टाको फ्रेमवर्क प्रयोग गर्नु न भन्दा सर कहाँ प्रयोग गर्ने रु कसरी ल्याउने भन्नुहुन्छ, व्यवसायी । हाम्रा व्यवसायी एडुकेट हुन सक्नुभएको छैन । हाम्रा कमजोरी छन्, त्यो सुधार्नुपर्छ । हाम्रा सुविधा नहुँदा नहुँदै पनि राजदुतले गर्ने ठाउँ धेरै हुन्छ । व्यवसायीहरु पनि क्षणिक आउनुहुन्छ ।’

कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले सम्बन्धित देशहरुसँग दूतावासबाट हुने सहयोग र समन्वय गर्न आफूहरु तयार रहेको बताए । उनले सम्बन्धित देशहरुलाई कस्तो सामग्री पठाउँदा ठिक हुन्छ रु भन्ने सूचि तयार गरे आफूले त्यहाँको उद्योगी व्यवसायीहरुसँगको वातावरण मिलाइलिने बताए । 

लम्सालले सम्बन्धित देशहरुमा हुने मेलामा पूर्ण रुपमा निःशुल्क स्टलहरु उपलब्ध गराउन भने नसकिने भएपनि केही छुट दिलाउन सकिने बताए । उनले भने, ‘तपाइँहरु त्यो देशलाई प्रयोग हुने यो प्रोडक्ट छ भन्नुस्, हामी सम्बन्धित देशका मान्छेसँग समन्वय गर्न तयार छौँ । हामी सम्बन्धित देशका चेम्बर अफ कमर्स लगायतसँग सम्पर्क गराइदिन तयार छौँ, तर एउटा कुरा एम्बेसीले गर्न सक्दैन, स्टल ल्याइदिनुस्, फ्रि अफ कस्ट उपलब्ध गराइदिनुहोस् भन्नेकुरा सरकारले बजेट कम दिएको छ, हामीले सक्दैनौँ । तपाईहरुले समस्या बताउनुस् । त्यहाँस्थित समस्या भए हामी समाधान गर्न तयार छौँ ।’

त्यस्तै, युएईका लागि नेपाली राजदुत तेजबहादुर केसीले नेपालको निर्यात कम रहेको र आयात बढिरहेको बताए । उनले नेपालको व्यापार घाटा अहिले झन्डै ४० अर्ब रहेको बताए । केसीले आफूले युएईमा अब नेपालबाट कृषिजन्य सामग्रीहरु निर्यात गर्ने कुरामा बढी जोड दिएर लाग्ने पनि बताए । 

उनले युएईबाट हुने लगानी नेपालमा जोड्नसके नेपालको अर्थतन्त्रलाई राहत हुने बताए । केसीले गल्फ कन्ट्रीमा एग्रो प्रोडक्टको ठूलो सम्भावना रहेको बताए । उनले भने, ‘हाम्रोमा निर्यात एकदमै कम छ, आयात बढीरहेको छ । व्यापार घाटा ठूलो छ । झन्डै ४० अर्ब घाटा छ भन्दा हुन्छ, यसलाई कम गर्ने भन्ने हो । लगानी ल्याउने सम्भावना ठूलो छ । नेपालमा युएईको लगानी कम छ, त्यसलाई यहाँ जोड्नसके बजारको सहजता हुन्छ, त्यसमा हाम्रो प्रयत्न जारी हुनेछ । गल्फ कन्ट्रीमा एग्रो प्रोडक्टको ठूलो सम्भावना छ ।’

व्यवसायीहरुले नेपाली उत्पादनलाई सम्बन्धित देशमा रहेका नेपाली राजदुतहरुले बजारीकरणका लागि सहजीकरण गर्न आग्रह गरेका थिए । नेपाल निर्यात परिषद्का अध्यक्ष रेशम पोख्रेलले खाद्य सामग्री लैजान नेपाल युएईका लागि नयाँ गन्तव्य भइरहेको बताए । 

उनले जुम्ला र मुस्ताङका स्याउहरुमा उनीहरुको माग बढिरहेको उल्लेख गरे । पोखरेलले माग धान्न नसक्दा उनीहरु काश्मिर, सिक्किम पलायन भइरहेको भन्दै दूतावसले यसमा पहल गर्न आग्रह गरे । युएईमा राँगाको सुकुटी धेरै माग आएको बताए । राजदूतहरुले कुटनीतिकसँगै आर्थिक सम्बन्धतिर पनि पहल गरिदिनुपर्ने माग गरे । 

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले नेपालको ब्राण्डलाई सम्बन्धित देशमा चिनाउन र बुझाइदिन सके व्यापार प्रवद्र्धन हुने बताए । उनले दुतावासमा चिया, कफी लगायत नेपाल्ी उत्पादनको मेला गर्दा पनि नेपाली उत्पादनको बजारीकरण हुनेतर्फ ध्यानाकर्षण गराए । 

राणाले भने, ‘तपाइँहरुले आफ्नो जुन ब्राण्ड छ, त्यो ब्राण्ड उपलब्ध गराइदिनु भयो भने उहाँहरुको स्पेसमा कति खालि हुन्छ, लैजान सक्ने नसक्ने उहाँहरुको कुरा भयो, त्यो पनि हामी गर्दैनौँ । दुतावासमा अन्यले चिया, कफीको फेस्टीबल गर्छ भन्नुभयो, तर हामी गर्दैनौँ । यो देशमा यो जाँदो रहेछ, प्रयास गनुहोस् भन्नुभएको छ, ओहोदाको प्रमाणपत्र पेस गर्दा मेरो देशमा यो सामान बन्छ भनेर त्यो कुरा किन नदिने रु त्यो मात्रै गरेमा पनि ठूलो महत्व राख्छ ।’

उनले राजदुतले नेपालको विशेष दिवसहरुमा र ओहोदाको प्रमाणपत्र पेस गर्दा पनि नेपाली उत्पादन उपहारमा दिँदा त्यसले नेपाली उत्पादनको बजारीकरण र माग बढ्न जाने बताए । 

Advertisement

Advertisement