एकथरी भनेर अर्कैथरी सामान जाँचपास प्रकरणः गठन भयो अध्ययन समिति, प्रमुख पौडेलनै शंकाको घेरामा

Advertisement

काठमाडौं । भैरहवा भन्सार कार्यालयले एकथरी भनेर अर्कैथरी सामान जाँचपास गरेको शंकामा छानविन समिति गठन भएको छ । भन्सार विभागले ती सदस्यीय छानविन समिति बताएको हो । 

समितिले भैरहवा पुगि अध्ययन सुरु गरिसकेको विभागले जनाएको छ । समिति संयोजकमा उपसचिव मानबहादूर पौडेल रहेका छन् । यस्तै सदस्यहरुमा शाखा अधिकृत सपना ठगुन्ना र इन्जिनियर आशुतोष राई रहेका छन् । भैरहवा भन्सार कार्यालय प्रमुखमा मणिराम पौडेल प्रमुख बनेपछि पटक पटक विवादित काम हुँदै आएको छ । नक्कली प्रज्ञापन पत्र तयार गरी भन्सार नाकाबाटै सामान जाँचपास नै नगरी ट्रक बाहिरिन थालेपछि अध्ययन समिति बनाइएको हो ।

Advertisement

भदौ ७ गते ले लु ५ ख ३३६ यूपी ५३ ओटी ५७८ नम्बरको ट्रकले प्लास्टिको दाना भनि ट्रक भन्सार र्याडमा आएको थियो। विभागका महानिर्देशकले ट्रकको छानविन गर्न निर्देशन दिए । त्यसपछि भैरहवा भन्सार कार्यालयका कर्मचारीले ट्रक नियन्त्रणमा लिए ।

ट्रक रोकेर हेर्दा ट्रकमा कपडा र काजू भेटिएको छ। तर भन्सार एजेन्टले भने सो सामान प्लास्टिको कच्चा पदार्थ भएको प्रज्ञापन देखाएको थियो । एक सामाग्री भनेर अर्कै सामाग्री भेटिएपछि ट्रक चालक र सहचालक फरार भएका छन् ।

भैरहवा भन्सारले कच्चा पदार्थ भनि अर्कै सामाग्री जाँचपास गर्न लागेपछि सामान पक्राउ गर्न विभागले निर्देशन दिएको हो । २ ट्रकमा रहेको सामान रुजू गरेर हेर्दा २ करोड मूल्य बराबरको सामाग्री भेटिएको छ । ट्रक समेतको मूल्यांकन गर्दा करिब ३ करोड बराबरको सामग्री छ ।

विभागले प्रणालीबाट चेकजाँच गर्दा लु ५ ख ३३६ नम्बरको ट्रकले १५ पटक सामान जाँचपास गरेको भेटिएको छ । यस्तै यूपी ५३ ओटी ५७८ नम्बरको ट्रकले ३ पटक सामान ल्याएको देखिएको छ । यसमा भन्सार कार्यालयका कर्मचारीको समेत संलग्नता रहेको विभागले अनुमान गरेको छ । यो सामान कपडा तस्करी राजू थापाको भएको अनुमान गरिएको छ । यद्यपी थप विषय अनुसन्धानबाट खुल्नेछ।

यसरी जाँचपास हुने ट्रकको १ लाख रुपियाँ घुस माग्ने गरेको आरोप कार्यालय माथी छ । यसरी जाँचपास गर्ने ट्रकले भारतीय भन्सार कार्यालयमा भने ५० हजार भारु बूझाउने गरेको स्रोतको दाबी छ । यसरी ट्रक भैरहवा भन्सार कार्यालयबाट निस्कदा प्रहरीलाई नक्कली प्रज्ञापनपत्र देखाउने गरिएको छ । प्रज्ञापन पत्र प्रहरीले सक्कली हो या नक्कली छुट्याउन नसक्ने भएकाले तस्करीलाई सहज हुने गरेको स्रोतको दाबी छ ।

यसैगरी नेपाली व्यावसायीले भारतमै सुपारीको कन्टेनर खाली गरेर आउने गरेको र नेपालमा भने खाली कन्टेनर मात्रै जाँचपास हुने गरेको पनि भैरहवा भन्सार कार्यालय प्रमुखमाथी आरोप छ ।

प्रमुख भन्सार अधिकृत पौडेल उनै व्यक्ति हुन् । जो दोस्रो पटक भैरहवा भन्सार कार्यालय गएका थिए ।  जनार्दन शर्मा अर्थमन्त्री हुदाँ उनले ज्ञानेन्द्र ढकाललाई हटाएर गत असोजमा कार्यालय प्रमुख बनेका थिए ।

प्रमुख पौडेलले भने आफैले सामान समात्न लगाएको दाबी गरेका छन् । उनले आफूले नै समान समात्न लगाएर थप अनुसन्धान गर्न लागेको दाबी गरे । तर विभागले भने उनीमाथी नै छानविन सुरु गरेको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले भन्सार गोष्ठीमा २ भन्सार प्रमुखको कार्यक्षमता कम देखिएको भन्दै आलोचना समेत गरेका थिए । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरुण पोख्रेल र भैरहवा भन्सार प्रमुख मनिराम पौडेलको कार्यक्षमता साथै राजस्व समेत कम उठेको भन्दै मन्त्री महतले आलोचना गरेका थिए । त्रिवि भन्सार कार्यालयबाट सुन समातिएपछि पोख्रेललाई मन्त्रालय तानिएको छ भने पौडेललाई भने सरुवा गर्न सकेको छैन ।

Advertisement

Advertisement