कर छलि गर्ने जय बाबा इट्टा उद्योगविरुद्ध ६ करोड ७९ लाखको मुद्दा दर्ता

Advertisement

काठमाडौं । जय बाबा इट्टा उद्योग प्रालिविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । सोमबार उच्च अदालत विराटनगरमा मुद्दा दायर भएको हो ।

उक्त कम्पनीसँग विभागले ६ करोड ७९ लाख बिगो माग दाबी गरेको छ । फर्मका संचालकहरु खगेन्द्र श्रेष्ठ र धर्मेन्द्र श्रेष्ठ रहेका छन् ।

Advertisement

ती सञ्चालकहरुले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐनको दफा ३ र ४ को (क) र (झ) को कसुर गरेको पाइएकोले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ को दफा २३ (१) बमोजिमको सजाय माग दाबीसमेत गरी अभियोग दायर गरेको हो ।

विभागले प्रालिको हिसाब खाता ल्याएर कर परीक्षण गर्दा कानुन बमोजिम लाग्ने कर नतिरेको भेटिएको विभाग स्रोतले जनाएको छ।

पछिल्लो समय  विभागले तथ्यमा आधारित रही अनुसन्धान प्रकृयालाई अगाडि बढाएको छ । साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट ६०.७१६ किलो सुन समातिएपछि विभागको चर्चा चुलिएको छ।

Advertisement

Advertisement