पूरानो नेपाली गाउँको झल्को दिने ‘दोर्जेज रिसोर्ट एण्ड स्पा’मा एक अर्बभन्दा धेरै लगानी

Advertisement

काठमाडौं । पर्यटकीय शहर पोखरामा ‘दोर्जेज रिसोर्ट एण्ड स्पा’ रिसोर्ट सञ्चालनमा आएको तीन महिना भएको छ । पूरानो नेपाली ‘भाइक्ज’को झल्को दिने रिसोर्टभित्र आइसकेपछि नेपाली पूरानोृ गाउँभित्र छिरेको जस्तो महशुस हुन्छ । 

एक अर्बभन्दा बढी लगानीमा निर्माण गरिएको यो लक्जरी रिसोर्ट भएको रिसोर्टका अप्रेसन म्यानेजर प्रमोद लामिछानेले बताए । दोर्जे लामाले जग्गासहित गरेर एक सय करोड लगानीबाट रिसोर्ट निर्माण गरेको उनको भनाई छ । करिब पाँच बर्ष लगाएर निर्माण गरिएको यो रिसोर्ट ३१ रोपनी क्षेत्रफलमा फैलिएको छ । 

Advertisement

काभ्रेको सानो गाउँमा जन्मेका दोर्जे लामा करिब ३५ वर्ष अगाडी पोखरामा रेस्टुरेन्ट व्यवसायमा थिए । रेस्टुरेन्ट व्यवसायमा लामो अनुभव हासिल गरेका उनले ११ वर्षको उमेरमा गाउँ छाडेका थिए । 

सन् १९९१ मा उनले पोखराको लेकसाइडमा पर्यटकहरुको लागि ‘मुनडान्स’ नामक सानो रेस्टुरेन्ट सञ्चालन गरेर उदाएका लामाले यो रेष्टुरेन्टमा कन्टिनेन्टल खाना खुवाउँथे । अहिले पनि मुनडान्स पर्यटक, पदयात्री र राजदूतहरूमाझ लोकप्रिय रहेको उनको दावी छ । उनले यो रेष्टुरेन्ट परिसरमै प्राङगारिक तरकारी उत्पादन गरेर खुवाउँथे ।

दोर्जेज रिसोर्ट अन्नपूर्ण केबलकारबाट माथि जाने बाटोमा पर्दछ । रिसोर्टबाट तालको फेवा तालको मनमोहक दृश्य देख्न सकिन्छ । यो रिसोर्ट पूरानो नेपाली घर र जीवनशैलीबाट प्रेरित रहेको लामिछानेले बताए । उनले रिसोर्ट प्रायः ढुङ्गा र काठले बनेको बताए । 

उनले भने, ‘रिसोर्टमा आँपको काठ, टुनी (रातो देवदार)को काठ र सागौनको काठ प्रयोग गरिएको छ । रिसोर्टमा २३ वटा कोठा छन् । हावायुक्त र फराकिलो कोठाबाट फेवा तालको दृश्य हेर्न सकिन्छ । रिसोर्टमा वयस्क र बालबालिकाका लागि स्विमिङ पुल, आउटडोर तातो तथा चिसो ज्याकुजी, जिम, स्टिम र सौना रुम, स्पा र दुईवटा सुइट रुम छन् ।’ 

उनले रिसोर्टले नेपाली परम्परालाई झल्को दिए पनि सेवा सुविधा आधुनिक रहेको बताए । रिसोर्टमा दुई वटा रेस्टुरेन्ट, दुई वटा बार, खुल्ला रेस्टुरेन्ट, ६० देखि ८० जना अट्नसक्ने एउटा सम्मेलन हल, पनि छ । अहिले रिसोर्टमा ६० प्रतिशत आन्तरिक पर्यटक र ४० प्रतिशत विदेशीहरु पर्यटक रहेको लामिछानेले बताए । nullnullnullnull

Advertisement

Advertisement