बिग्रिएको राजनीति दर्साउने चलचित्र ‘नाङ्गो गाउँ’को प्रिमियर शो

Advertisement

काठमाडौं । चलचित्र नाङ्गो गाउँको प्रिमियर शो भएको छ । बुधवार साँझ राजधानीमा उक्त चलचित्रको प्रिमियर शो भएको हो । कार्यक्रममा कलाकारहरुको उल्लेख्य उपस्थिति थियो । 

दीपेन्द्र लामा निर्देशित फिल्म शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको हो । वर्तमान राजनीतिक परिवेशलाई उठान गरिएको यस चलचित्रको प्रिमियर शोमा गायक राजेशपायल राईले चलचित्र सोचे भन्दा पनि राम्रो रहेको दावी गरे । 

Advertisement

उनले चलचित्रमा समसामयिक र राजनीतिक कथावस्तु समेटिएको बताउँदै हाम्रो परिवेश र समाज नै नाङ्गिएको यथार्थतालाई फिल्ममा देखाइएको बताए । राईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ लगायतका देशका लागि लडिरहेको व्यक्तित्वहरुको लडाइँलाई पनि चलचित्रमा देखाइएको बताए । 

अभिनेत्री दीपाश्री निरौलाले राजनीति नबुझेको मानिसलाई पनि नाङ्गो गाउँले बुझाउने र जनताका समस्या पनि उठाइएको बताइ्न । उनले राजनीति देशको मेरुदण्ड भएकाले राजनीति बिग्रिनु नहुने बताइन् । 

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र हरेपछि राम्रो प्रतिक्रिया पाइरहेको बताइन् । अभिनेता दयाहाङ राईले व्यवसायिक सफलता दर्शकको रुचाइमा भर पर्ने बताए । उनले आफूहरुले गरेको प्रयासलाई दर्शकले रुचाए आफू सफल बन्ने बताए । 

अभिनेत्री मिरुना मगरले चलचित्र हेरेकाले राम्रो प्रतिक्रिया दिएको बताइन् । चलचित्रमा दयाहाङ राई, शिशिर वाङ्देल, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, कमलमणी नेपाल, रविन्द्र झा, बुद्धि तामाङ, विशाल पहारी, राज थापा, अंकित खड्का, निमा पाण्डे, ज्ञानुभाई जोशी, पुष्कर गुरुङ, श्रद्धा गिरी, शिशिर तामाङ, केशव राई, सविन बास्तोला, रामकाजी घिमिरे, गणेश पौडेल, शंकर आचार्य, इस्तु कार्की, टिका निरौला, बद्री पुडासैनी, नमस्ते दिवाकर लगायतका कलाकारको अभिनय छ । 

जय श्रेष्ठको लगानीमा तयार भएको फिल्मको प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । यसमा एसडी योगी र दीपक शर्माको संगीत छ । 

Advertisement