आइएमईमार्फत  सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा सुरु

Advertisement

काठमाडौँ ।  आइएमईले विदेशमा रहनुभएका  नेपाली दाजु भाइ  तथा दिदी बहिनीहरूले आफ्नो सामाजिक सुरक्षा कोषमा योगदान बापतको रकम जम्मा गर्न मिल्ने सेवा सुरु गरेको छ । 

विदेशमा रहनुभएका  नेपालीहरूले अव विदेशस्थित आइएमई रेमिटेन्स पार्टनर मार्फत सजिलै यो सुविधा लिन सक्नेछन् । यो सेवा सुरु गर्दै सामाजिक सुरक्षा कोष लाई रेमिटेन्स प्लेटफर्ममा एकीकृत गर्न  आइएमई पहिलो  रेमिटेन्स कम्पनी बनेको छ ।

Advertisement

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले यो सुविधा मार्फत विदेशमा रहेका नेपालीको भरोसालाई कायम राख्न थप सेवा प्रदान गरिएको बताए । 

कोषले अघि बढाएको वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा योजनाको प्रवर्द्धनका लागि समेत आइएमईको सेवाले सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरेका छन् ।

यसअघि सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका नागरिकले सामाजिक सुरक्षा योजना अन्तर्गत कम्तीमा नेपाल सरकारबाट तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् हाल न्यूनतम रु दुई हजार दुई मासिक रूपमा र अधिकतम न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुण सम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुनसक्ने व्यवस्था मिलाएको थियो ।
 

Advertisement