राष्ट्र बैंकले लिएका लचिला नीतिको दुरुपयोग भएको दावी

समग्र अर्थतन्त्र सुदृढ बनाउने जिम्मेवारी राष्ट्र बैंकको होइन्ः गभर्नर अधिकारी

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समग्र अर्थतन्त्र सुदृढ बनाउने जिम्मेवारी राष्ट्र बैंकको नभएको बताएका छन् । 

आफूसँग भेटवार्ता गर्न सोमबारआएका बैंकका अध्यक्षहरुसँग उनले र समग्र अर्थतन्त्रलाई सुदृढ बनाउने जिम्मेवारी राष्ट्र बैंकको भएको भाष्य निर्माण गरिँदा चुनौती बढेको बताए । अधिकारीले बाह्य परिसूचकहरुमा संतोषजनक सुधार देखिदै गएको र देशको अर्थतन्त्र क्रमशः लयमा फर्किदै गरेको दावी पनि गरे । 

Advertisement

आवश्यकता, समय सन्दर्भ र वस्तुस्थितिको मूल्याङ्ककनका आधारमा राष्ट्र बैंकले नीतिगत सुधारका उपायहरु अपनाउँदै जाने बताउँदै उनले राष्ट्र बैंकप्रति सबैं क्षेत्रको आशा र भरोसा बढ्दै गएको तर समग्र अर्थतन्त्र सुद्ढ गर्ने जिम्मेवारी राष्ट्र बैंकको नभएको बताए । 

गभर्नर अधिकारीले अर्थ मन्त्रालयतिर संकेत गर्दै तंग्रिदै गरेको अर्थतन्त्रलाई थप गतिशिल बनाउने कार्यमा सबै सरोकारवाला पक्षहरु उत्तिकै गंभीर र जिम्मवार हुन आवश्यक रहेको औल्याए । राष्ट्रिय एवं अन्तर्राष्ट्रियरुपमा देखा परेका संकटका बेला राष्ट्रिय अर्थतन्त्र, आम उद्यम व्यवसाय र जनजीविकाको सहजताका लागि राष्ट्र बैंकले लिएका लचिला नीतिको दुरुपयोग भएकोप्रति उनले चासो व्यक्त गरे । त्यस्ता क्रियाकलाप हुन नदिने विषयमा राष्ट्र बैंक सचेत रहेको अधिकारीको भनाई छ । 

Advertisement