निर्मल पुर्जाले बिना अक्सिजन धौलागिरी हिमालको पनि गरे सफल आरोहण

Advertisement

काठमाडौंं । विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले मनास्लु हिमालको बिना अक्सिजन सफल आरोहण गरेसँगै धौलागिरी हिमालको पनि बिना अक्सिजन सफल आरोहण गरेका छन् । 

उनले आज धौलागिरी हिमालको सफल आरोहण गरेको इलाईट हिमालयन एडभेन्चर्स प्राइभेट लिमिटेडका सहसंस्थापक तथा विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा डेविड शेर्पाले जानकारी दिए ।

Advertisement

पुर्जासहित इलाईट हिमालयन एडभेन्चर्स प्राइभेट लिमिटेडका कम्पनीबाट १० जनाले धौलागिरी हिमालको सफल आरोहण गरेको शेर्पाले बताए ।

पुर्जाले विश्वका आठ हजार भन्दा अग्ला १४ वटा शिखरहरुमध्ये मनास्लुसहित १२ वटा बिना अक्सिजन आरोहण गरेका छन् । अब उनले चो ओयु र शिशपाङ्मा बिना अक्सिजन आरोहण गर्न बाँकी छ । यी दुई हिमाल बिना अक्सिजन आरोहण गरे पुर्जाले अर्को विश्व कीर्तिमान बढाउन सक्ने शेर्पाले सुनाए ।

Advertisement

Advertisement