माउन्टेन गाइड भोटे बने मनास्लुको चुचुरोबाट स्की गर्ने पहिलो नेपाली

Advertisement

काठमाडौं । प्रख्यात पर्वतारोहण पथप्रदर्शक छिरीङ पान्दे भोटेले मनास्लु हिमालको सफल आरोहण गरी चुचुरोबाट स्की गर्न सफल भएका छन् । मनास्लु हिमालको चुचुरोबाट स्की गर्ने उनी पहिलो नेपाली आरोही बनेका छन् ।

संखुवासभा जिल्ला भोटखोला–३ का ४५ वर्षीय भोटेले यही सेप्टेम्बर २१ तारिखका दिन बिहान १०ः३७ बजे विश्वको आठौं अग्लो चुचुरो चुम्न सफल भएका र स्की गर्न सफल भएका सेभेन समिट ट्रेक्स कम्पनीले जानकारी दियो । उनले 

Advertisement

छिरीङ पान्दे भोटेले न्युजिल्यान्डबाट माउन्टेन गाइड सम्बन्धी ज्ञान प्राप्त गरेका थिए । साथै उनी नेपालको सटिफाइट माउन्टेन गाइडको पहिलो ब्याज पनि हुन् । 

नेपालको पहिलो लङ लाइन हेलिकप्टर रेस्क्यु स्पेशलिस्ट (उद्धार विशेषज्ञ) एण्ड इन्स्टक्टर पनि हुन् ।

 

सन् १९९६ देखि पर्वतारोहण करियर सुरु गरेका उनले अहिलेसम्म सगरमाथा, चो ओयु, शिशापाङ्मा, मनास्लु, धौलागिरी, मकालु र ल्होत्से लगायत ८ हजार मिटरभन्दा अग्ला हिमालको सफल आरोहण गरेका छन् । उनी नेपालको पहिलो रेको प्रशिक्षक पनि हुन् ।

 

Advertisement

Advertisement