दावा याङ्जुम शेर्पाले गरिन चो ओयुको सफल आरोहण, कीर्तिमानका लागि एउटा चढ्न बाँकी

Advertisement

काठमाडौं । पर्वतारोही तथा अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक (माउन्टेन गाइड) दावा याङ्जुम शेर्पाले चो ओयु हिमालको सफल आरोहण गरेकी छन् । 

उनले हिजो (आइतबार) बिहान ८ बजे विश्वको छैटौं अग्लो हिमाल चो ओयु हिमालको आरोहण गरेको क्लाइम्बलया टेक्स एण्ड एक्सपेडिशन कम्पनीका निर्देशक मिङ्मा शेर्पाले जानकारी दिए । 

Advertisement

चो ओयु हिमालको सफल आरोहणसँगै शेर्पाले विश्वका आठ हजारभन्दा अग्ला १४ वटा शिखरहरुमध्ये १३ वटा हिमालहरुको सफल आरोहण गर्न सफल भएको निर्देशक मिङ्मा शेर्पाले बताए ।

अब एउटा शिशपाङ्मा हिमाल मात्र आरोहण गर्न बाँकी रहेको बताउँदै मिङ्मा शेर्पाले भने, ‘शिशपाङ्माको सफल आरोहणसँगै उनी विश्वका आठ हजार भन्दा अग्ला १४ वटा शिखरहरु चुम्ने पहिलो महिला बन्ने छिन् ।’

शेर्पा अन्तर्राष्ट्रिय माउन्टेन गाइडको लाइसेन्स प्राप्त गर्ने एशियाकै पहिलो महिला हुन् । 

Advertisement

Advertisement