सौर्य सिमेन्टको व्यापार ७ अर्ब ४० करोड, तीन वर्षमा साढे १७ अर्बको कारोबार

Advertisement

काठमाडौं । सौर्य सिमेन्ट प्रालिले अंग्रेजी आर्थिक वर्ष २०२२/२३ मा ७ अर्ब ४० कमरोडको व्यापार गरेको छ । कम्पनीले सिमेन्ट बिक्रीबाट गतवर्ष भन्दा २ अर्ब कम व्यापार गरेको हो । 

रेटिङ एजेन्सी इन्फोमेरिक्सका अनुसार आर्थिक वर्ष २०२१/२२ मा कम्पनीले ७ अर्ब ४२ करोडको व्यापार गरेको थियो । यस्तै आर्थिक वर्ष २०२०/२१ मा २ अर्ब ६३ करोडको व्यापार गरेको थियो । पछिल्लो तीन आर्थिक वर्षमा उद्योगले १७ अर्ब ४६ करोडको व्यापार गरेको हो ।

Advertisement

यो कम्पनीमा ठूला व्यावसायिक घरानाको लगानी रहेको छ । जसमा शंकर ग्रुप, अम्बे ग्रुप र हुलास ग्रुपको लगानी छ । कम्पनीको अध्यक्षमा शुलभ अग्रवाल छन् ।

सिरहाको मिर्चैयामा अवस्थित यो उद्योग सन् २०१७ मा स्थापना भएको हो । 

Advertisement

Advertisement