जगदम्बा स्टिल्सको आक्रामक व्यापार, चार वर्षमै १ खर्ब ४० अर्बको कारोबार

Advertisement

काठमाडौं । जगदम्बा स्टिल्स लिमिटेडले व्यापार आक्रामक बनाएको छ । पछिल्लो चार वर्षमै कम्पनीले १ खर्ब ४० अर्बको व्यापार गरेको हो । 

कम्पनीले इतिहासमै सबैभन्दा धेरै व्यापार अंग्रेजी आर्थिक वर्ष २०२१/२२ मा गरेको थियो । यो वर्ष कम्पनीले कीर्तिमानी ४९ अर्ब ७३ करोडको व्यापार गरेको थियो । यस्तै आर्थिक वर्ष २०२२/२३ मा ४० अर्ब १७ करोडको व्यापार गरेको हो । 

Advertisement

कम्पनीले बढ्दो आर्थिक मन्दीमा पनि ठूलो व्यापार गरेको हो।  यस्तै सन् २०२०/२१ मा २९ अर्ब ५५ करोडको व्यापार गरेको थियो । सन् २०१९/२० मा २१ अर्बको व्यापार गरेको रेटिङ एजेन्सी इन्फोमेरिक्सले उल्लेख गरेको छ ।

यो कम्पनी सन् १९९३  स्थापना भएको हो । कम्पनीको प्लान्ट बारा जिल्लाको सिमरामा अवस्थित छ । कम्पनीले फलाम पगालेर डन्डी लगायात फलामको समाग्रीहरु निर्माण गर्ने गर्छ । 

Advertisement

Advertisement