बचतकर्ताको साढे चार अर्ब भन्दा बढी हिनामिना गर्ने देउराली सहकारीका अध्यक्ष चौलागाईँ पक्राउ

Advertisement

काठमाडौं । देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईँ पक्राउ परेका छन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अध्यक्ष चौलागाईलाई पक्राउ गरेको हो । ४ करोड ४९ लाख ९९ हजार रुपियाँ बचत रकम अपचलन तथा हिनामिना गर्ने उनी पक्राउ परेका हुन् । 

Advertisement

काभ्रेका ३९ वर्षीय चौलागाईं असोज १६ गते  नै पक्राउ परेको बुझिएको छ । यस सम्बन्धमा सीआईबीले अनुसन्धान गरिरहेको जनाएको छ ।  

काभ्रेको कात्तिके देउरालीका चौलागाईंले २०७१ सालमा देउराली बहुउद्देश्यीय सहकारी संस्था स्थापना गरेका थिए । सातदोबाटोमा मुख्य कार्यालय रहेको सहकारीले न्यूरोड र भक्तपुरको सूर्यविनायकमा पनि सेवाकेन्द्र खोलेको थियो ।

उनले आकर्षक ब्याज दिने भनेर प्रलोभन देखाएर मुद्दती र निक्षेप खातामा बचत गर्न लगाएका थिए ।

बचतको अवधि सकिएपछि सम्पूर्ण साँवा, ब्याज फिर्ता गर्ने भन्दै बचत गर्न लगाएका थिए । समय पूरा भएपछि पनि आफ्नो बचत फिर्ता नपाएपछि बचतकर्ताले प्रहरीमा उजुरी गरेका थिए ।

उनले विभिन्न १० वटा कम्पनीमा बैंकहरूबाट ४ अर्ब भन्दा बढी ऋण लिएको देखिएको छ । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकबाट २ अर्ब ५ करोड, सिटिजन्स बैंकको २५ करोड, तत्कालीन मेगा बैंकबाट १८ करोड ५० लाख,  एनआईसी एसिया बैंकको ७ करोड र माछापुच्छ्रे बैंकबाट पनि उनले ऋण लिएर नतिरेको बुझिएको छ ।

सहकारी बचतकर्ताको रकम निकालेर जग्गामा लगानी गर्ने र त्यही जग्गा धितो राखेर बैंकबाट ऋण लिने गरेका थिए । 

बचतकर्तालाई घडेरीनै पास गरिदिने योजनामा देउराली सहकारी

 

Advertisement

Advertisement