बैंकहरु लघुवित्तबाट बाहिरिएर एसएमई कर्जा बिस्तारमा लाग्नु पर्छः पूर्वअर्थमन्त्री खतिवडा

Advertisement

काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले बैंकहरुलाई माइक्रोफाइनान्सबाट बाहिरिएर एसएमई कर्जा बिस्तारमा जान सुझाव दिनुभएको छ । 

बिहीवार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघ (एक्यान) ले काठमाडौंमा आयोजना गरेको वर्तमान आर्थिक संकट र अबको सम्भावना विषयमा राष्ट्रिय सम्मेलमा बोल्दै उनले बैंकहरुलाई यस्तो सुझाव दिएका हुन् । बैंकहरुले दुई सय वटा व्यवसायीहरुलाई मात्रै कर्जा थप गर्दै लगेको बताए । बैंकहरुले २ सय उद्योगी व्यवसायीहरु माथि कर्जा थप्दै जाने तर कर्जाको पहुँच सबै व्यवसायीमा पुगेन भनेर कहिल्यै गन्तव्यमा नपुगिने बताउनु भयो । 

Advertisement

उनले माइक्रोफाइनान्स संस्थाले ल्याएका सदस्यहरुलाई आफूतिर तान्न भीडभाड गरेर मात्रै सबै व्यवसायीहरुको पहुँचमा कर्जा पुग्न नसक्ने बताए । बैंकहरुलाई कोल्याट्रलबेस फाइनान्सिङमा जान समेत आग्रह गरे । आगामी आर्थिक वर्षको मौद्रिक नीतिले पनि त्यसलाई राष्ट्र बैंकले सम्बोधन गर्नुपर्ने बताए । उनले बैंकलाई राष्ट्र बैंकले ५ प्रतिशत पुर्याउनै पर्ने स्ट्रेस पनि नदिन नहुने बताए । बैंकहरुलाई आफैँ प्रोजेक्ट खोजेर लगानी गर्न समेत आग्रह गरे ।

उनले कुनै प्रोजेक्ट डेभलप गर्नेमा नाफाको १ प्रतिशत भएपनि खर्च बैंकहरुले गर्न आवश्यक रहेको बताए । प्रोजेक्टबेस फाइनान्सिङमा बैंकहरुको थप काम चाहिने बताए ।  

Advertisement

Advertisement