निमा रिन्जी, मिङ तेम्बा र पासाङले आज चढे चो ओयु हिमाल

Advertisement

काठमाडौं । निमा रिन्जी शेर्पाले विश्वको छैटौं अग्लो हिमाल चो ओयु (८,१८८ मिटर)को सफल आरोहण गरेका छन् । साथै माउन्टेन गाइड मिङ तेम्बा शेर्पा र पासाङ नुर्बु शेर्पाले सोही हिमाल बिना अक्सिजन चढेका छन् । 

निमा रिन्जी शेर्पा, मिङ तेम्बा र पासाङ नुर्बु शेर्पाले आज (शुक्रबार) बिहान १०ः३० बजे आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दियो । सत्र वर्षको उमेरमा केटु हिमालको सफल आरोहण गरी विश्वमै केटु आरोहण गर्ने सबैभन्दा कान्छो आरोही बनेका शेर्पा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु आरोहण गर्ने योजनामा छन् । 

Advertisement

यी १४ वटा हिमालमध्ये शेर्पाले अब चार वटा मात्र आरोहण गर्न बाँकी छ । सेभेन समिट ट्रेक्स कम्पनीबाट आरोही तथा गाइडहरु गरी ११ जनाले आज यो हिमाल आरोहण गरेका हुन् । मिङ तेम्बा शेर्पाको पनि १४ पिक सम्पन्न हुन् अब शिशापाङ्मा हिमाल चढ्न बाँकी छ ।
 

Advertisement

Advertisement