विश्वस्तरीय कोर्षमा जोड दिँदा आईआईएमएस कलेजमा विद्यार्थीहरुको संख्या बढ्दो

Advertisement

काठमाडौं । राजधानी उपत्यकामा कलेजहरुको संख्या बढ्दो क्रममा छ । संख्या बढ्दै जाँदा विद्यार्थीहरु पनि राम्रो कलेजको खोजी गर्दै आएका छन् । विद्यार्थीहरुको रोजाईमा पर्न सफल एउटा संस्था हो ‘आईआईएमएस कलेज’ । 

गुणस्तरीय शिक्षा प्रवाह गर्ने सफल कलेजहरुको सुचीमा पर्दै आएको यो कलेजमा करिब दुई हजार पाँच सय विद्यार्थी अध्ययनरत छन्, जहाँ अध्यापनमा सक्रिय शिक्षकहरुको संख्या सय जनाको हाराहारीमा छ ।

Advertisement

के के हुन्छ पढाई ? 
आईआईएमएस कलेजमा व्यवस्थापन, कम्प्युटर साइन्स जस्ता विषयमा बीबीए, एमबीए तहको पढाई हुन्छ । बीबीएको भर्ना गर्नुभन्दा पहिले कलेजले प्रि–इन्ट्रनसिप कक्षाहरु सञ्चालन गर्दै आएको छ । यसरी प्रि–इन्स्ट्नसिप कक्षाहरु सञ्चालन गर्दा विद्यार्थीहरुले कलेजमा आफूले पढ्ने विषयको बारेमा पूर्वतयारी गर्न पाउँछन् ।

यो कक्षा ‘ब्रिज कोर्ष’ जस्तो भए पनि भिन्दै रहेको कलेजको भनाई छ । विद्यार्थीहरुलाई किताब मात्रै पढाउने भन्दा पनि उनीहरुलाई स्थलगत अध्ययन र प्रयोगमा जोड दिँदै कलेजले ‘लर्निङ वाई डुइङ’को प्रयोग गरिरहेको छ ।

आईआईएमएस कलेजको बीसीएस प्रोग्रामका निर्देशक रविन थापाले भने, ‘आधुनिक शिक्षा प्रणाली र विद्यार्थीहरुको रोजाईलाई केन्द्रमा राखेर कलेजले गुणस्तरीय शिक्षा दिन सफल भएको छ । मुख्य रुपमा कलेजले कम्प्युटर शिक्षामा पनि आफ्नो विशेष दख्खल राख्न सफल भएको छ ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डाटा साइन्स, साइबर सेक्युरिटि र मोवाइल कप्पिटेन्ट जस्ता विषय अन्य कजेलले चलाएका कार्यक्रमभन्दा भिन्न छन् ।’

त्यस्तै, बिएचएमका सहायक निर्देशक आश्विनीकुमार लघुले आईआईएमएस कलेजले अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने गरेको बताए । उनले भने, ‘हामीले अन्तर्राष्ट्रियस्तरको लिडर तयार पार्ने किसिमले विद्यार्थीलाई शिक्षा दिने गरेका छौं । बिएचएम जस्तो विषयमा विश्व सूचंकमा हाम्रो कलेज १७ औं स्थानमा समेत पर्न सफल भएको छ । विद्यार्थीहरुलाई इनपुट अनुसारको आउटपुट निर्माण हुन्छ भन्ने कुरा यहाँ सिकाईन्छ । विषयगत ज्ञानका साथै त्यसको अनुभव लिन पनि विद्यार्थीहरुलाई कलेजले सघाउँदै आएको छ ।’

त्यस्तै, बीबीए, एमबीएका एसोशियट निर्देशक सत्यन्द्र उप्रेतीले विद्यार्थीहरुलाई बैंकका जनशक्ति व्यवस्थापन प्रमुख (एचआर हेड)देखि प्रमुख कार्यकारी अधिकृत (सीईओ)सम्मलाई भेटाउने गरेको बताए । उनले भने, ‘विद्यार्थीहरुलाई कलेजमा नै बैंकका एचआर हेडदेखि सीईओहरुसँग साक्षात्कार गर्ने मौका दिने गरिएको छ । राम्रो बिजनेश आइडिया ल्याउने एक जना विद्यार्थीलाई कलेजले पुरस्कृत समेत गर्ने गरेको छ । फ्याकल्टी अनुसार विद्यार्थीहरुलाई तहगत रुपमा नै कलेजले व्यवसायको परिभाषा, त्यसको प्रयोग, बाहिरी वातावरणको वास्तविक अवस्थामा भिज्न सघाउने गरेको छ ।’

आईआईएमएस कलेज स्थापना भएको १२ बर्ष भइसकेको 
छ । विश्वस्तरीय कोर्षमा जोड दिँदा कलेजमा विद्यार्थीहरुको संख्या बढ्दो क्रममा रहेको छ । साथै, शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै र सफल पहिचान पनि बनाउन सफल भएको छ । 

Advertisement