इजरायलमा हमासको आक्रमण तीब्र, नौ जना नेपाली घाइते, सरकार र एनआरएनएको चासो

Advertisement

काठमाडौं । इजरायलमा हमासको रकेट आक्रमणमा परी नौ नेपाली घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । 

इजरायलमा एक्कासी मिसाइल आक्रमण तीब्र बनाइएपछि र नेपालीहरुसमेत त्यसबाट प्रभावित भएको खबरपछि परराष्ट्र मन्त्रालयमा यस विषयमा शनिबार छलफल भई विज्ञप्ति जारी गर्ने काम भएको थियो । मन्त्रालयले घाइतेहरुको नाम भने खुलाइएको छैन् । हमासले आक्रमण तीब्र पारेसँगै इजरालले पनि युद्धको घोषणा गरेको छ । 

Advertisement

मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपालको तर्फबाट ऐक्यबद्धता रहेको पनि जनाएको छ । यसैगरी गैरआवासीय नेपाली संघ (एनआरएनए)ले इजरायलमा शनिबार बिहान आतंकवादी आक्रमण भएको भन्दै त्यसको भत्सर्ना गरेको छ । उसले इजरायलप्रति ऐक्यबद्धता पनि जनाएको छ । 

संघ इजरायलका जनता र सरकारका साथै यस निर्मम आक्रमण प्रभावित पीडित एवं परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछ  भन्दै एनआरएनएले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । 

आक्रमणमा नेपालबाट इन्टर्नसीपका लागि त्यहाँस्थित सेदोट नेगेभ कृषि केन्द्रमा गएका ९ जना  नेपाली घाइते भएको भन्दै एनआरएनले सो केन्द्रमा १७ जना नेपालीहरु रहेकामा नौ जना घाइते भएको बताएको छ । बाँकी पाँच जनाको सकुशल उद्दार गरिएको र तीन जना सम्वर्कविहीन रहेका छन् । 

आक्रमण प्रभावित नेपालीहरुको विस्तृत विवरण लिने प्रयास भइरहेको भन्दै एनआरएनएले प्रभावित क्षेत्रमा बसोबास गर्ने नेपालीहरूसँग निकट सम्पर्कमा रहेको बताएको छ । नेपालीको सुरक्षा, र उद्धारका साथै घाइतेको उपचारका लागि गैरआवासीय नेपाली संघले दूतावास र त्यहाँस्थित सक्रिय नेपाली संघसंस्थाहरुसँग समन्वय गरिरहेको उसको भनाई छ । 

इजरायलमा कृषि र हाउस मेडमा काम गर्नेको संख्या हजारौंको संख्यामा रहेका छन् । गाजा क्षेत्रबाट प्यालेस्टाइनी ब्रिद्रोही हमासले आक्रमण तीब्र बनाएसँगै त्यहाँ रहेका नेपालीहरुले उद्दारको लागि आग्रह गर्न थालेका छन् । 

Advertisement

Advertisement