टेरामस्कले फोन ‘ट्यापिङ’ गर्दैन्, बरु कम्पनीहरुको कारोबार भने नियमन गर्छः एनटीए

Advertisement

काठमाडौं । टेलिकम्युनिकेशन ट्राफिक मनिटर एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामस्क) प्रणालीले फोन ‘ट्यापिङ’ नगर्ने नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले पुनः स्पष्ट पारेको छ । 

आइतबार पत्रकारहरुसँगको कुराकानीमा प्राधिकरणका प्रविधि विज्ञ मोहम्मोद हर्वले फोन ट्यापिङ गर्ने कुनै पनि उद्देश्यले यो प्रणाली ल्याउन नलागेको बताए । दूरसञ्चार क्षेत्रमा हुने आपराधिक क्रियाकलापको नियमन, निरीक्षण गर्न तथा सेवा प्रदायकबाट हुने सेवाको मापन गर्न टेरामस्क प्रविधि ल्याइएको उनले बताए । 

Advertisement

हर्वले भने, ‘टेरामस्कले व्यक्तिगत कल ट्यापिङ गर्दैन् । यसले कुन सेवा प्रदायकले कति फोन कल देशभर या विदेशमा सुविधा दियो ? यसको लेखा राख्ने गर्छ । यस्तै, यसले कल वाइपासको समस्यालाई नियन्त्रण गर्न पनि सहयोग गर्छ।’

टेरामस्कले कुन कम्पनीले कति सेवा प्रवाह गर्यो ? त्यसको हिसाब किताब राख्ने हर्वको भनाई छ । 

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले म्यानुअलरुपमा सेवा प्रदायकलाई नियमन गर्न असहज भएकाले टेरामस्कको आवश्यकता परेको बताए । उनले भने, ‘पछिल्लो सयम सेवा प्रदायकको कारोबार घटिरहेको छ । सो कारोबार हामीले म्यानुअल नै स्थलगत गएर चेकजाँच गर्ने गरेका छौं । टेरामस्क प्रविधि सुरु गरेपछि यो झन्झटबाट मुक्त हुन्छौ ।’

खनालले टेरामस्क प्रविधि खरिद गरेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आइपुगेपछि मूल्य धेरै देखेर भन्सार कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीरकण विभाग र राजश्व अनुसन्धान विभागलाई पत्राचार गरेको बताए । 

भन्सार कार्यालयको पत्र अनुसार अख्तियारले खरिद प्रक्रियामा सहभागी सबैमाथि रेकी गर्न सुरु गरेको बताउँदै केही व्यक्तिलाई बोलाएर बयान समेत लिन सुरु गरिसकेको बताए । 

Advertisement