लिट्मल इन्डस्ट्रिजको व्यापार डेढ अर्बले बढ्यो, एकै वर्ष तीन अर्ब ८५ करोडको व्यापार

Advertisement

काठमाडौं । लिट्मस इन्डस्ट्रिज लिमिटेडले एकै वर्ष तीन अर्ब ८५ करोड रुपियाँको व्यापार गरेको छ । कम्पनीले केवल (तार) बिक्री गरेर सो बराबरको आम्दानी गरेको हो ।

कम्पनीको अपरिस्कृत तथ्यांकअनुसार अंग्रेजी आर्थिक वर्ष २०२२–२३ मा तीन अर्ब ८५ करोड रुपियाँको व्यापार गरेको छ । आर्थिक वर्ष २०२१–२२ मा कम्पनीले दुई अर्ब ३८ करोड रुपियाँको व्यापार गरेको थियो भने २०२०–२१ मा एक अर्ब ५५ करोड रुपियाँको व्यापार गरेको थियो । 

Advertisement

कम्पनीले वर्षेनी राम्रो व्यापार गरिरहेको रेटिङ एजेन्सी इन्फोमेरिक्सले  जनाएको छ । लिट्मस, रमेश कर्पअन्तर्गत रहेको कम्पनी हो जसमा सञ्चालकहरु सुशील गुप्ता र रोहित गुप्ता छन् ।

दुवै सञ्चालकको समान ४९.७८ प्रतिशत शेयर रहेको छ । कम्पनीले लामो समयदेखि नेपाल विद्युत प्राधिकरणलाई केबल सप्लाई गरिरहेको छ । 

Advertisement

Advertisement