हाइगर ब्राण्डका विद्युतीय गाडीहरु सार्वजनिक हुँदै, यस्ता छन् विशेषता

Advertisement

काठमाडौं । शशिला मोटर्स् प्रालिले विश्व प्रसिद्ध हाइगर ब्राण्डको कमर्सियल विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ । जसका लागि प्रालिले शुक्रवार चाइनिज बस उत्पादक कम्पनी हाइगर बस कम्पनी लिमिटेडसंग सम्झौता गरेको हो । 

हाइगर बस कम्पनी लिमिटेडले बिश्वका १ सय ३० भन्दा धेरै देशहरुमा आफ्नो उपस्थिती जनाइसकेको छ । हाइगर ‘चाइनिज फेमस ट्रेडमार्क’ र ‘चाइनिज फेमस ब्राण्ड’ को उपाधि प्राप्त गर्न सफल बहुचर्चित तथा सुप्रसिद्ध ब्राण्ड हो । 

Advertisement

यो सम्झौतासंगै शशिला मोटर्स् प्रा.लि. हाइगर भ्यानको नेपालका लागि एकमात्र आधिकारक बितरक बनेको छ । सुरुमा प्रालिले १६ सिट क्षमताका इभी मिनि भ्यान  र मिनिवस नेपाली बजारमा सार्वजनिक गर्न लागेको छ । 

जुन वातावरण मैत्री तथा ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुने र मिनिबस रेञ्जहरुमा ग्राहकको पहिलो रोजाइ बन्न सफल हुने शशिला मोटर्स प्रालिका प्रवन्ध निर्देशक सन्तोष खतिवडाको विश्वास छ । 

हाइगर इभी भ्यानका प्रमुख बिशेषताहरु:
–नेपालकै पहिलो १६ सिट क्षमताको इभी भ्यान । 
–सिङ्गल चार्जमा २५० किमि रेञ्ज । 
–७० किवा आवर ब्याट्री । 
–कटिङ्ग एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक ।
–कोलिजन अभोइडेन्स् सिस्टम, लेन डिपार्चर वार्निङ्ग तथा एअर ब्याग सिस्टमहरु सहितको सुरक्षाका बिशेषतायुक्त (एअर ब्याग भएको नेपालको पहिलो इभी भ्यान) । 
–१६ सिट क्षमताको इभीमा सहज यात्राका लागि आरामदायी सिट एवं पर्याप्त खुल्ला ठाँउ भएको ।
–यात्रुको सुविधाका लागि एअर कण्डिसन सहित उत्कृष्ट आन्तरिक सजावट भएको ।
–नेपालको बाटो सुहाउँदो २०० एमएम उचाई ग्राउण्ड क्लियरेन्स भएको । 
–९० किवा पावर र ३५० एनएम टर्क सहित उत्कृष्ट तान्ने क्षमता भएको ।
–एलोइ हृवील र २१५ आर ७५ टायर साईज, १६ पिआर सहितको पहिलो इभी भ्यान जसले गाडीको रेञ्ज र स्ट्याबिलिटी बढाउँदछ । 

Advertisement

Advertisement