आरके शर्माले दोहोर्याएर गरे उम्मेदवारी घोषणा

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघको अध्यक्षमा कतारका राजेन्द्र कुमार (आरके) शर्मादे दोहोर्याएर उम्मेदवारी घोषणा गरेका छन् । 

यसअघि कतारमा नै उम्मेद्वारी घोषणा गरिसकेका उनले आज शुक्रबार पुनः काठमाडौंमा उम्मेदवारी घोषणा गरेका हुन् । कतारमा ठेक्कापट्टाको काम गर्दै आएका शर्मा विभिन्न विवादमा पर्नुका साथै कतारको प्रहरीले उनलाई पक्राउ गरेर हिरासतमा समेत राखेको व्यक्ति हुन् । 

Advertisement

उनले संघको आगामी कार्यकाल (२०२३–०२५) प्यानल सहित उम्मेद्वारी घोषणा गरे । हाल संघको उपाध्यक्ष रहेका शर्माले चुनाव जिते आफ्नो कार्यकालका लागि २४ कार्ययोजना सार्वजनिक गरेका छन् ।

Advertisement

Advertisement