पठाओ र इनड्राइभका नाममा अफलाइन राइड गर्ने ८३ चालकलाई कारबाही

Advertisement

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले पठाओ र इनड्रइभका नाममा अफलाइन राइड गर्ने ८३ चालकलाई कारबाही गरेको छ । 

काठमाडौँका विभिन्न स्थानबाट अनधिकृत तवरले सर्वसाधारणलाई ओसारपसार गर्ने ‘अफलाइन राइड ट्रिप’ क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरेको छ ।

Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले आज जारी गरेको  विज्ञप्तिमा विगतका केही अपराधिक घटनामा यस्ता सवारी चालकको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलतालाई दृष्टिबाट सदैव जोखिम सिर्जना हुने भएको कारणले अफलाइन राइड शेयर नगर्नेतर्फ सचेत रहन अनुरोध गरिएको छ ।

Advertisement

Advertisement