सन्दीप लामिछानेबिना ट्वान्टी–२० श्रृंखला खेल्नु सहज छैन– कप्तान रोहित

Advertisement

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले घरेलु मैदानमा बुधवारदेखि शुरु हुने ट्वान्टी–२० श्रृंखलामा सन्दीप लामिछानेबिना खेल्दा असर पर्ने बताएका छन् । 

नेपालले घरेलु मैदानमा बुधवार संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्दै त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको शुरुवात गर्दै छ । आफ्ना महत्वपूर्ण बलर सन्दीपबिना नै नेपालले यो श्रृंखला खेल्न लागेको हो । श्रृंखलाअगाडि मंगलवार भएको पत्रकार सम्मेलनमा नेपालका कप्तान रोहितले सन्दीप नहुँदा असर गर्ने उल्लेख गर्दै यो श्रृंखलापछि उनी टोलीमा फर्किन आशा व्यक्त गरे । 

Advertisement

आगामी अक्टोबर ३० देखि घरेलु मैदानमा हुने ट्वान्टी–२० विश्वकप छनोटअन्तर्गत एशिया क्वालिफायरको तयारी स्वरूप नेपालले त्रिदेशीय श्रृंखला खेल्न लागेको हो । कप्तान रोहितले उक्त छनोटमा सन्दीप फर्किन सक्ने आशा व्यक्त गर्नुभयो । उहाँले सन्दीप नहुँदा टोलीलाई केही असर परे पनि टोली चुनौतिको लागि तयार रहेको समेत बताए । 

नेपालसहित संयुक्त अरब इमिरेट्स (युएई) र हङकङले यो त्रिदेशीय श्रृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोट यात्रामा बलियो दाबेदारी प्रश्तुत गर्न चाहन्छ । नेपालले मुलपानी क्रिकेट मैदानमा चिरपरिचित प्रतिद्वन्दी युएईबिरुद्ध जित निकाल्दै सुखद् शुरुवात गर्ने लक्ष्यमा छ । कप्तान रोहितले शृंखलाको लागि भारतमा राम्रो तयारी भएको उल्लेख गर्दै राम्रो क्रिकेट खेल्नेमा विश्वस्त देखिनुभयो । नेपालले भारतमा दुई साता अभ्यास गरेको थियो । यस क्रममा नेपालले ट्वान्टी–२० मा नै केही अभ्यास खेल पनि खेल्यो ।

पछिल्ला समय एशिया कपमा पनि ट्वान्टी–२० फरम्याटमा नै क्रिकेट खेलेको र भारत पनि राम्रो अभ्यास पाएकाले आफ्नो टोलीले राम्रो प्रदर्शन गर्ने रोहितले बताए । 

आगामी कात्तिक १० गतेसम्म घरेलु मैदानमा हुने श्रृंखलामा १८ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको थियो । नेपालले यो श्रृंखलाबाट नै आगामी छनोटका लागि राम्रो टोली बनाउने उद्देश्यअनुरूपमा १८ खेलाडी समावेश गरेको उल्लेख गरेको छ । कप्तान रोहितले घरेलु मैदानमा हुने श्रृंखलाबाट राम्रो टोली बनाउने उद्देश्यअनुरूप १८ खेलाडी समावेश गरिएको प्रष्ट्याएका हुन् । 

एसोसिएट राष्ट्रद्वय युएई र नेपाल चिरपरिचित प्रतिद्वन्दी हो । एकदिवसीस क्रिकेट यस वर्ष मात्र यी दुई देशबीच ६ प्रतिष्पर्धा भइसकेको छ । ट्वान्टी–२० मा भने नेपालले सन् २०२२ को फेब्रुअरीपछि युएईसँग पहिलोपटक प्रतिष्पर्धा गर्न लागेको हो । युएईका कप्तान मोहम्मद वासिमले नेपालबिरुद्ध राम्रो क्रिकेट खेल्ने बताएका छन् । उनले नेपाल बलियो टोली रहेपनि यो फरम्याटमा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन् ।

Advertisement

Advertisement