भन्सार विभागले असोजमा उठायो ४० अर्ब ८० करोड राजस्व, लक्ष्यभन्दा १५ अर्ब कम

Advertisement

काठमाडौं । भन्सार विभागले असोज महिनामा ४० अर्ब ८० करोड राजस्व संकलन गरेको छ । महत्वकाँक्षी लक्ष्य बोकेको विभागले लक्ष्य भने भेट्न नसकेको हो । 

विभागले असोज ३० गतेसम्म ४० अर्ब ८० करोड भन्सार महसुल संकलन गरेको विभागका प्रवक्ता पुण्यविक्रम खड्काले जानकारी दि। खड्काका अनुसार विभागले लक्ष्यभन्दा १५ अर्ब कम राजस्व संकलन भएको हो । 

Advertisement

विभागले चालु वर्षको पहिलो तीन महिनामा १ खर्ब ८ अर्ब ७५ करोड राजस्व संकलन गरेको छ ।   यो लक्ष्यको तुलनामा ३७ अर्ब ६७ करोडले कम हो । 

चालुवर्ष सरकारले लक्ष्यको तुलनामा निक्कै कम मात्रै राजस्व संकलन गरेको छ । बढ्दो आर्थिक संकुचनले बजारमा माग घट्दै गएको छ । यसले आयतमा पनि असर गरिरहेको छ । 

दशैंअघि धेरै आयात भई राजस्व संकलन बढ्ने सरकारको अनुमान असफल भएको हो । अपेक्षा अनुसार राजस्व संकलन नभएपछि अर्थ मन्त्रालयले धमाधम आन्तरिक ऋण उठाएर खर्च गरिरहेको छ । 

राजस्वको हिसाबले साउन, भदौ र असोज महिनालाई निक्कै महत्वपूर्ण महिना मानिन्छ । तर यी महिनामै सरकारले खर्च धान्न नसकेपछि आगामी महिना खर्च व्यवस्थापनामा थप कठिन पर्ने सक्ने देखिएको छ । 

Advertisement