दशैंमा माशु कसरी खाने ? कति खाने ? कसरी पकाउने ? पोषणविदको सुझाव

Advertisement

काठमाडौं । पोषणविद् मधु थापाले मासु वा मांशहारी भोजन शरिरको लागि आवश्यक तत्व भए पनि त्यसको खाने तरिका नमिल्दा उल्टो प्रभाव पर्ने गरेको बताएकी छिन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा पोषणविद थापाले दशैंको बेलामा पनि एकै पटक धेरै मासु खाने भन्दा बरु पटक पटक खानु स्वास्थ्यका लागि हितकारी हुने बताइन् ।  

Advertisement

थापा भन्छिन्, ‘नेपाली समाजमा मासु रुचाइन्छ यो राम्रो कुरा हो । किनकी मासु शरिरलाई चाहिन्छ तर मासु खाने तरिका चाहिँ अधिकांशको मिलेको हुँदैन । दशैंको बेलामा पनि एकै पटक धेरै मात्रामा मासु खाने गरेको हामीले पाउँछौं । त्यसको सट्टा बरु पटक पटक गरेर मासु खानु राम्रो हुन्छ ।’

कसरी खाने मासु ?
पोषणविद थापाका अनुसार अहिले धेरैलाई यूरिकएसिडको बिरामीहरु बढेकाले त्यस्ता बिरामीहरुले रातो मासु खान नहुने बताइन् । खसी, बोका खाँदा रातो मासुको मात्रा कति छ ? भन्ने कुरा पनि महत्वपूर्ण हुने उनले बताइन् । थापाले मासुको साथमा मदिरा वा अन्य पेय पर्दाथ खानु पनि स्वास्थ्यका हिसाबले राम्रो नहुने बताइन् । 

अरु बेलामा गेडागुडी खान पछि हट्नेहरुले पनि मासुलाई नबारीकन खाँदा विभिन्न किसिमका समस्याहरु देखा पर्ने उनको अनुभव छ । थापाले मासु पकाउँदा सकेसम्म कम चिल्लोमा पकाउन सुझाव दिइन् । शरिरलाई भिजिवल फ्याट र इनभिजिवल फ्याट आवश्यक मात्रामा चाहिने भएकाले बढि चिल्लो हानीकारक हुने उनको विश्लेषण छ । 

एक जना वयस्कले भिजिवल फ्याट ३० एमएलभन्दा बढी खानु उपयुक्त मानिदैन । अरु इनभिजिवल फ्याट बदामहरुमा पाईने भएकाले त्यस्ता फ्याट पनि मिलाएर खानुपर्ने थापाको सुझाव छ । 

एकपटक पकाइसकेको बासी तेललाई अर्को पटक पकाउँदा त्यसले शरिरमा उर्जा नदिई नकारात्मक असर पार्ने उनले बताइन् ।  
  
उनले तताएको तेल फेरि तताउँदा मुटुसम्बन्धि रोग लाग्ने बताइन् । रक्तनलीमा सिधै असर पार्ने भएकाले तताएको वा पूरानो, बासी तेल बहिस्कार गर्नु पर्ने थापाको सुझाव छ । 

प्रोटिनको मात्रा पनि चाहिने भन्दा बढी हुँदा शरिरमा कब्जियत देखिने भएकाले धेरै मासु नखान पोषणविद थापाको सुझाव छ । उनले दशैंमा मासुसँग सागसब्जी खानु पर्ने बताइन् । 

प्रोटिनसँग सलादयुक्त खाना, फाइबर भएका खानाहरु र पानी पनि प्रशस्त मात्रामा सेवन गनुपर्ने बताउँदै उनले पायल्स, फिस्टुला जस्ता रोगहरु पछिल्लो समय धेरै मात्रामा बढेकाले त्यस्ता रोगका जोखिमहरुबाट बच्न बेलैमा सचेत हुनु पर्ने र मासुसँग फाइबर र सागसब्जी पनि खानुपर्ने सुझाव दिइन् । 

Advertisement

Advertisement