दशैंले नियामक निकायहरुलाई सद्बुद्धि दियोसः शेयर लगानीकर्ताहरु

Advertisement

दशैंले नियामक निकायका प्रमुखहरुलाई सद्बुद्धि दियोसः शेयर लगानीकर्ताहरु

काठमाडौं । शेयर बजारका लगानीकर्ताका नेताहरु नेपालीहरुको महान चाड विजयादशमीले मुख्यगरी नियमनकारी निकायका प्रमुखहरुमा सदबुद्धि दियोस् भन्ने पक्षमा देखिएका छन् । 

Advertisement

कर्पोरेट नेपालसँगको कुराकानीमा उनीहरुले नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्डले शेयर बजारको विकासका लागि आगामी दिनमा लचिलो कदम चाल्नुपर्ने बताउँदै त्यसका लागि दशैंले प्रेरणा दियोस भन्ने प्रतिक्रिया दिएका हुन् । 

नेपाल पुँजीबजार संघकी अध्यक्ष राधा पोखरेल हरेक बर्ष दशैंपछि शेयर बजारमा सुधार आउने गरेकाले यो बर्ष पनि सोही सुधार आउने आशा व्यक्त गरिन् । 

विवाहित भएपछि पहिलो दशैं मनाइरहेकी उनले आम लगानीकर्ताले यतिबेला धैय गरेर बस्नुपर्ने बेला रहेको पनि बताइन् । आज (मंगलबार) दशैंको टीका काठमाडौंमा नै लगाउने र भालि काठमाडौं बाहिर जाने योजनामा रहेकी पोखरेल नयाँ श्रीमानसँगको सल्लाहमा पुख्यौली ठाउँ अर्घाखाँची लगायतका ठाउँ घुम्न जाने योजना सुनाइन् । 

उनी भन्छिन्, ‘विगतका वर्षहरुमा टीका लगाएपछि मैले पैसा पाउँथें । यसपाली भने मेरो लागि केही खर्चिलो हुने देखिन्छ ।’ पोखरेलले दुर्गामाताले लगानीकर्ताको मनोबल नगिराउनलाई शक्ति प्रदान गरुन् भन्ने प्रतिक्रिया पनि दिइन् । 

शेयर लगानीकर्ता संघ नेपालका कार्यवहाक अध्यक्ष ताराप्रसाद फुल्लेल दशैं मनाउन अहिले अर्घाखाँचीमा छन् । आफ्नो घर यतै भएको र बुबाआमा पनि रहेकाले दशैं मनाउन आएको सुनाउँदै उनले हरेक दशैंमा आफू अर्घाखाँची आउने गरेको बताए । 

यसै अवसरमा प्यूठानको स्वर्गद्धारीसम्म पुग्ने योजना फुल्लेलले बनाएका छन् । उनी भन्छन्, ‘हाम्रो घरबाट नजिकै पर्ने भएकाले गुल्मीको रेसुंगा मन्दिर, सुपा देउरालीको पनि दर्शन गर्ने हाम्रो अहिलेसम्मको तयारी छ । घरबाट धेरै टाढाको भन्दा पनि नजिकै रहेका तीर्थस्थलहरु यसअघि पनि भ्रमण गर्ने गरेका थियौं ।’ 

तडकभडक तरिकाले भन्दा पनि सामान्य रुपमा नै चाडपर्व मनाउने, खर्च कम गर्ने र सोही अनुसार रमाइलो गर्ने काम आफूले गरिरहेको फुल्लेलले बताए । उनले शेयर बजारको प्रशंग जोड्दै नियामक निकायको जिम्मेवार पदमा बसेका व्यक्तिहरुकै कारण शेयर बजारमा निराशा छाएकाले दशैंले उनीहरुलाई सद्बुद्धि दियोस भन्ने कामना गरे । 

फुल्लेलले भने, ‘कतिपयको गलत निर्णय, गलत पोलिसिका कारण लगानीकर्ताहरुमा पीडा थपिएको छ । नवदुर्गा भवानीले नियामक निकायका प्रमुखलाई सद्बुद्धि देओस् ।’ 

शेयर बजारमा अहिले देखिएको कालो बादल पनि ठूला चाडपर्वसँगै सफा होस् भन्ने कामना गर्दै उनले लगानीकर्ताले निराश भएर बस्नुपर्ने स्थितीको अन्त्य हुनुपर्ने बताए । 

Advertisement

Advertisement