छ वाणिज्य बैंकले उल्लंघन गरे नीति निर्देशन,  कुनलाई कस्तो कारवाही ? (सूचीसहित)

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले नीति निर्देशन उल्लंघन गर्ने ६ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । 

बैंक सुपरिवेक्षण विभागले आव २०८०/८१ को पहिलो त्रैमासमा लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, एनएमबि बैंक, एनआईसी एशिया बैंक, नबिल बैंक र सिटिजन्स बैंकलाई कारवाही गरेको हो । 

Advertisement

यी मध्ये लक्ष्मी बैंकलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेकाले ७० लाख रुपियाँ जरिवाना गरिएको छ । 

त्यस्तै हिमालयन बैंकलाई २०८० बैशाख महिनामा कर्जा÷निक्षेप अनुपात कायम नगर्दा १ करोड ६७ लाख ७१ हजार ४ सय ३४.०९ रुपियाँ जरिवाना गरिएको छ । 

यसैगरी निर्देशन उल्लंघन गर्ने अन्य चारवटालाई सचेत गराइएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

undefinedundefinedundefined 
 

Advertisement