राधिका अर्याल र विश्वबाबु पुडासैनी सचिवमा बढुवा

Advertisement

काठमाडौं। नेपाल सरकारले विश्वबाबु पुडासैनी र राधिका अर्याललाई सचिवमा बढुवा गरेको छ । बिहिबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले २ जनाई सचिवमा बढुवा गरेको हो ।

 सचिव डा. दामोदर रेग्मी र अर्जुनजंग थापा उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि अर्याल र पुडासैनी सचिवमा बढुवा भएका हुन् । सचिव थापा १९ दिन अघि मात्रै सचिव बनेका थिए । उनको ठाउँमा प्राविधक क्षेत्रकै पुडासैनीलाई सचिव बनाइएको हो ।​

Advertisement

प्रशासनतर्फबाट सचिव बनेकी अर्याल हाल लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी कामु प्रमुख सचिव छिन् । 


 

Advertisement

Advertisement