बीमा संस्थान अब राष्ट्रिय जीवन बीमा कम्पनीमा परिणत  !

Advertisement

काठमाडौं । राष्ट्रिय बीमा संस्थान अब राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा परिणत हुने भएको छ । 

अर्थमन्त्रालयका शाखा अधिकृत अम्बिकाप्रसाद भट्टराईले गत बिहीबार नेपाल बीमा प्राधिकरणलाई पत्र पठाउँदै उक्त कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्न स्वीकृति प्रदान गरिएको उल्लेख गरेका हुन् । 

Advertisement

उक्त कम्पनीको अधिकृत पूँजी ५० करोड र चुक्ता पूँजी २८ करोड १० लाख २० हजार कायम गरिने छ । 

हालसम्म राष्ट्रिय बीमा संस्थानमा पूँजीकृत भई नेपाल सरकारको लगानी हिसावमा जनाइएको बाहेक सरकारको सबै चलअचल सम्पत्ति राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेड कम्पनीमा परिणत भएपछि समेत सरकारकै स्वामित्वमा रहने छ ।

पब्लिक कम्पनीमा परिणत भए पश्चात प्रचलित कानून बमोजिम कम्पनीको व्यस्थापकीय एवम् संस्थागत पुनर्संरचना सम्बन्धी व्यवस्था अर्थमन्त्रालयले मिलाउने शाखा अधिकृत भट्टराईले प्राधिकरणलाई पठाएको पत्रमा उल्लेख गरेका छन् । 

संस्थानले अब कम्पनी रजिष्ट्रारको कार्यालयमा नयाँ कम्पनी दर्ता गर्नु पर्नेछ । 
  
 

Advertisement

Advertisement