पहिलो त्रैमासमा रु. ४४ करोडले घट्यो निर्जीवन बीमा व्यवसाय, आर्थिक मन्दीले हो– प्राधिकरण

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिना (त्रैमास)मा निर्जीवन बीमा कम्पनीहरुले १० अर्ब ४४ करोड रुपियाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । 

गत आर्थिक वर्षको सोही अवधिमा उनीहरुले १० अर्ब ८४ करोड रुपियाँ बीमाशुल्क संकलन गरेकामा यो बर्ष ४४ करोड रुपियाँले घटेको हो । नेपाल बीमा प्राधिकरणका तथ्यांकशास्त्री बसन्त बोहोराले आर्थिक मन्दीका कारण निर्जीवन बीमा व्यवसाय घटेको बताए । 

Advertisement

उनले भने, ‘गत वर्षको पहिलो क्वाटरको तुलनामा यसपटक ३.५८ प्रतिशतले निर्जीवन बीमा व्यवसाय घटेको छ । यस्तो हुनुको पछाडी आर्थिक मन्दीको प्रभाव नै प्रमुख कारण देखिन्छ । आर्थिक गतिविधिमा कमी आउँदा निर्जीवन बीमा व्यवसाय केही संकुचन आएको देखिएको हो ।’ 

बोहोराले अहिले नयाँ व्यवसाय आर्जन गर्ने अवस्था अन्य क्षेत्रमा नदेखिए जस्तै त्यसबाट बीमा क्षेत्र पनि अछुतो नरहेको बताए । 

समीक्षा अवधिमा सबैभन्दा धेरै बीमाशुल्क सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गरेको छ । उसले एक अर्ब ३१ करोड रुपियाँ बीमाशुल्क संकलन भएको छ । 

त्यस्तै दोस्रोमा सिद्धार्थ प्रिमियरको एक अर्ब ६ करोड रुपियाँ र तेस्रोमा शिखर इन्स्योरेन्सको एक अर्ब चार करोड रुपियाँ बीमाशुल्क संकलन भएको छ ।

हेर्नुस कुनको बीमाशुल्क कति ? 

undefined

Advertisement

Advertisement