एकमहिनामै रु. एक अर्ब १८ करोड बराबरको सरेण्डर, ९ हजार बढीले ‘पोलिसी’ त्यागे

Advertisement

काठमाडौं । गत असोज महिनामामात्रै एक अर्ब १८ करोड रुपियाँ बराबरको सरेण्डर भएको छ । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त मात्रामा सरेण्डर भएको हो ।  सरेण्डर गर्ने बीमितको संख्या भने ९ हजार ९ सय ३६ लाख जना रहेको छ ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक नै आधार बनाउने हो भने नेपाल लाइफ इन्स्योरेन्सको ३८ करोड ९३ लाख रुपियाँ बराबरको सरेण्डर भएको छ । एलआईसी नेपालको २६ करोड २ लाख रुपियाँ बराबरको सरेण्डर भएको छ । त्यस्तै, राष्ट्रिय बीमा संस्थानको ९ करोड ७१ लाख रुपियाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ । 

Advertisement

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सको गत असोज महिनामा मात्रै ९ करोड ४९ लाख रुपियाँ बराबरको सरेण्डर भएको छ ।

मेट लाइफ इन्स्योरेन्सको ३ करोड ६७ लाख रुपियाँ बराबरको सरेण्डर भएको छ । एशिन लाइफको ६ करोड ५१ लाख, आईएमई लाइफको १ करोड ५२ लाख, सन नेपाल लाइफको ७९ करोड, रिलायबल नेपाल लाइफको ९५ लाख, सिटिजन लाइफको १ करोड १४ लाख रुपियाँ बराबरको सरेण्डर भएको छ । 

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८ करोड ८५ लाख रुपियाँ बराबरको सरेण्डर भएको छ । सानिमा रिलायन्स लाइफको १ करोड ६१ लाख रुपियाँ, हिमालयन लाइफको ७ करोड ७७ लाख रुपियाँ र प्रभु महालक्ष्मी लाइफको १ करोड २६ लाख रुपियाँ बराबरको सरेण्डर भएको छ । 

यसअघि नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविनरमण पराजुलीले धेरै व्यवसाय गर्ने कम्पनीहरुको अन्य कम्पनीको तुलनामा जहाँ पनि धेरै सरेण्डर हुने र सरेण्डर योजनावद्ध ढंगले प्लान सरेण्डर भएको अवस्थामा त्यस्तो सरेण्डरले बीमा उद्योगलाई हानी गर्ने बताएका थिए । तर, अन्तराष्ट्रिय अभ्यास अनुसार कुनै बीमितले आवश्यकता परेरै बीमालेख फिर्ता गर्न चाहेमा त्यसलाई हरेक कम्पनीले आफ्नो योजनामै समावेश गरेकाले सरेण्डर आफैंमा गलत नहुने बताएका थिए ।

Advertisement

Advertisement