एलआईसी नेपालको डीसीईओमा ए. दत्ता नियुक्त

Advertisement

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा ए. दत्ता नियुक्त भएका छन् । 

कम्पनीका डीसीईओ टी. वर्णवालको कार्यकाल पूरा भई भारतको मुम्बई सरुवा भएपछि एलआईसी अफ इण्डियाले दत्तालाई नियुक्त गरेको कम्पनी सचिव सुदर्शन गिरीले जनाएका छन् ।

Advertisement

दत्ता एलआईसी अफ इण्डियाको कोलकत्ता स्थित डिभिजनमा माइक्रो, बैंकास्योरेन्स एण्ड अल्टरनेट च्यानलको चिफ म्यानेजर पदमा थिए । नव नियुक्त डीसीईओ दत्तासँग गणितमा स्नातक तथा एशोसिएट एक्चुअरीको शैक्षिक योग्यता छ ।  
 

Advertisement