भक्तपुरको नलिन्चोकमा नयाँ हेलिप्याडको निर्माण, आज डेमो उडान

Advertisement

काठमाडौं । भक्तपुरको नलिन्चोकमा रहेको नयाँ हेलिप्याड निर्माण सम्पन्न भएको छ । उक्त हेलिप्याडमा आज डेमो उडान गरिएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नलिन्चोकमा हेलिकप्टर सञ्चालनको महत्त्वपूर्ण भागलाई छिट्टै स्थानान्तरण गर्ने तयारीमा रहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

Advertisement

उनका अनुसार प्राधिकरणको करिब ११ करोड ९० लाख लागतमा आर्थिक वर्ष २०७९÷८० को साउनको १ गतेबाट सुरु गरी २०८० असार मसान्तमा सम्पन्न भएको उक्त हेलिप्याडमा डेमो उडान गरिएको हो । नलिन्चोकमा रहेको क्यानको जग्गा लामो समयदेखि खाली रहेको थियो । 

मुख्यगरी काठमाडौंको पूर्व तिरको हेलीपोर्टमा क्षमता भन्दा बढी हेलिकप्टरहरु राख्ने गरिएको र त्यहाँ सुरक्षाको दृष्टिकोणबाट खतरा भएकोले एक वर्ष पहिला ३८ वटा हेलिकप्टर मध्ये २४ वटा हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने र १४ वटा चाँहि काठमाडौंबाट बाहिर राख्ने निर्णय भएको थियो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेलिप्याड रन वेको नजिक भएको र बुद्ध एयरको ह्याङ्गर पनि त्यही भएका कारण हेलिकप्टर उडान र अवतरण गर्दा अप्ठायारो हुँदा हेलिप्याड स्थानान्तरण गर्न लागिएको भुलले बताए । 

नलिन्चोकमा हेलिप्याड निर्माण सम्पन्न भएको छ । आज त्यो हेलिप्याडमा हामीले माउन्टेन एयरको हेलिकप्टरबाट डेमो उडान सम्पन्न पनि भयो । अब कहाँबाट उडान गर्ने ? कुन दिशाबाट गर्ने ? लुक्लाको उडानहरु कसरी गर्ने ? सम्बन्धी क्यानको प्राविधिक टोली र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टोलीको समन्वयमा माउन्टेन एयरको हेलिकप्टरबाट डेमो उडान गरेको उनले बताए । 

‘डेमो उडानको रिपोर्ट आएपछि हेलिकप्टरको टर्मिनल, एयरलाइन्सको चेकिङ काउन्टर, अफिसहरु निर्माण सकेपछि कम्तीमा ६ देखि ९ महिनाभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पूर्व तिर हुने हेलिकप्टर उडानहरु नलिन्चोकमा स्थानान्तरण गर्ने योजनामा छौं ।’, भुलले भने ।  

Advertisement