गोल्याण समूह सौर्य उर्जामाः निजी क्षेत्रतर्फ देशकै ठूलो परियोजनाको सफल सञ्चालन सुरु

Advertisement

काठमाडौं । गोल्याण ग्रुपअन्तर्गतको कम्पनी पियोर इनर्जी लिमिटेडले बाँकेको खजुरा गाउँपालिकाको रनियापुरस्थित ग्रिडमा आवद्ध १० मेगावाटको सौर्य पीभी उर्जा आयोजना निर्माण सम्पन्न गरेको छ । 

आयोजना निर्माण सम्पन्न भएसँगै ब्लक– १ को सफलतापूर्वक परीषण तथा कमिसनिङ सम्पन्न भएको कम्पनीले जनाएको छ । पियोर इनर्जीअन्तर्गत ब्लक–२ आयोजना गत वैशाख १८ गते नै व्यापारिक उत्पादन सुरु भइसकेको छ । 

Advertisement

ब्लक–१ ऋायोजना सञ्चालनसँगै नेपालकाृ परीपेक्षमा निजी लगानीबाट निर्माण तथा सञ्चालन हुने यो सबैभन्दा ठूलो सौर्य उर्जा परियोजना भएको छ । यो आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा जोडिएर नेपालको उर्जा क्षेत्रको विकासमा सहयोग पुग्नुका साथै जलवायुको समस्या समाधानमा पनि सकारात्मक सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ । 

Advertisement

Advertisement