मुद्दा मिलाएर जेलमुक्त गरिदिने प्रलोभन देखाएर झण्डै एक करोड ठगी गर्ने दुई जना पक्राउ

Advertisement

काठमाडौं । मुद्दा मिलाएर जेलमुक्त गरिदिन प्रलोभनमा झण्डै एक करोड ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ । 

पक्राउ पर्ने भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौंको रानीवन बस्ने बर्ष २६ की रितु राई र बर्दिया पाताभार गाउँपालिका वडा नम्बर १ घर भई हाल काठमाडौंको रानीवनमा नै बस्ने बर्ष २१ का निरेश चौधरी छन् । 

Advertisement

उनीहरुमाथि आपराधिक विश्वासघात तथा ठगी मुद्दामा थप अनुसन्धान भइरहेको ब्यूरोको भनाई छ । आपराधिक विश्वासघात र संगठित अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेशमा पुर्पक्षका लागि कारागार कार्यालय जगन्नाथ देवल थुनामा गएका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ५ घरका रेवन्त खड्काको मुद्दा मिलाइदिने भन्दै निजको बाबु अमरबहादुर खड्काबाट राई र चौधरीले ९९ लाख ७५ हजार लिएको प्रहरीको भनाई छ । 
 

Advertisement