गाजामा प्यालेस्टाइनीहरुको मृत्यु हुनेको संख्या १८ हजार चार सय नाघ्यो

Advertisement

काठमाडौं । गाजामा प्यालेस्टाइनीहरुको मृत्यु हुनेको संख्या १८ हजार चार सय नाघेको प्यालेस्टाइनले जनाएको छ ।

अक्टोबर ७ मा हमास–इजरायल द्वन्द्व शुरु भएपछि गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या १८ हजार चार सय नाघेको हो । 

Advertisement

साथै मंगलवार वेस्ट बैंकको जेनिन शहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली सेनाले मंगलवार जेनिन शहर र यसको शरणार्थी शिविरमा छापा मारेको थियो । धेरै घण्टासम्म चलेको सैन्य कारबाहीमा चार जनाको मृत्यु भएको छ । सिन्ह्वा–नान

Advertisement