बीमा प्राधिकरणद्धारा सूर्य लाइफ र ज्योति लाइफको मर्जरलाई अवैध ठहर

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरण मर्जरमा गएको भनिएको सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सको मर्जरलाई अवैध ठहर्याउँदै साविका दुवै कम्पनीहरुलाई छुट्टाछुट्टै लेखापरीक्षण गर्न निर्देशन दिएको छ । 

ज्योति लाइफले पूरानो हिसाब नसल्टाई मर्जरमा गएकाले सूर्या लाइफ र ज्योति लाइफको दुई वटा लेखापरीक्षण प्रतिवेदन बनाउन लगाउनु परेको बताउँदै प्राधिकरण उच्च स्रोतले एकीकृत लेखापरीक्षण हुन नसकेको अवस्थामा तत्कालिन समयमा भएको मर्जरको पनि वैधानिकता नरहने बताएको छ ।   

Advertisement

यद्यपि दुवै कम्पनी एक भएको दावीसहित कम्पनी रजिष्ट्रारको कार्यालयबाट सूर्य ज्योति लाइफ इन्स्योरेन्सको नाममा प्रमाणपत्र लिएर कारोबार भने भइरहेको छ । सूर्य लाइफ र ज्योति लाइफको छुट्टा छुट्टै लेखापरीक्षण गर्नुपरेको एकीकृत दावी गरिएको सूर्य ज्योतिका एक उच्च व्यवस्थापकले स्वीकार गरे । 

ज्योति लाइफले पूरानो हिसाबकिताब सल्टाउन नसक्दा फरक फरक वित्तीय विवरण बनाउन लगाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको प्राधिकरण स्रोतको भनाई छ । सूर्य लाइफको हिसावकिताबमा भने समस्या छैन् । प्राधिकरणले मर्जरका लागि हतार गर्दा हिसावकिताब मिलाउन सल्टाउन नपाई मर्जरमा जानुपरेको कम्पनी स्रोतको गुनासो छ ।  

सूर्य र ज्योती लाइफले आर्थिक वर्ष २०७७–७८ को वित्तीय विवरणको आधारमा डीडीए (आर्थिक मूल्यांकन) गरेर एक बराबर एकको स्वाप रेसियोमा मर्जरमा जाने निर्णय तत्कालिन बीमा समितिमा पठाएका थिए । यो हिसावले डीडीए मूल्यांकनमाथि पनि प्रश्न उठेको छ । 

गएको आर्थिक बर्षको दोहोरो वित्तीय विवरण बनाउनुपर्दा एकीकृत भनिएको सूर्य ज्योतिलाई मुनाफालगायतका सुचकहरु यकिन गर्न, आफ्ना लगानीकर्ता र बीमितहरुलाई कम्पनीको यथार्थ अवस्था जानकारी गराउन समेत समस्या पर्ने अवस्था आएको छ । 

प्राधिकरण स्रोतको भनाई छ, ‘गएको आर्थिक बर्ष सक्किएपछि मर्जरमा गएको भए सूर्य ज्योती यो खालको समस्या आउँथेन होला । मर्जरको वैधानिकताको समस्या पनि आउँथेन । मुल कुरा त ज्योति लाइफको पूराना हिसावकिताब नसल्टिएकाले यो समस्या आएको हो । पोष्ट मर्जर इफेक्ट’पछि आउनसक्ने कर्मचारी समायोजनदेखि, बीमालेखलाई एकै नाशमा समेटने, दुई कम्पनीका नीतिगत योजनाहरुलाई एक ठाउँमा राख्नुपर्ने कुरामा गृहकार्य गरेर मर्जर जानुपर्ने हो । हामीले पटक पटक समय पनि थप गरेर समय दिएको हो । सूर्य ज्योतीको हकमा चाहिँ ज्योति लाइफले पूरानो हिसाब किताब राफसाफ नगरी, मर्जरमा गएपछि सबै कुरा मिलिहाल्छ नि भनेर काम गरेकै हो ।’ 

प्राधिकरणले मर्जर गराउने क्रममा तत्कालिन ज्योति लाइफको हिसावकिताव नहेरी आँखा चिम्लेर मर्जरलाई स्वीकृति दिएकाले अहिले जटिल समस्या सिर्जना भएको छ । मर्जरमा गइसकेको कम्पनीको दुई वटा लेखापरीक्षण प्रतिवेदन बनाउनुपर्दा सञ्चालक समितिमा निर्णय गर्नदेखि व्यवस्थापनलाई काम गर्न समेत कानुनी जटिलता सिर्जना भएको कम्पनी स्रोतको भनाई छ । 

सूर्यज्योतिका ती व्यवस्थापकले भने, ‘सूर्य ज्योती भनेको त सूर्या लाइफ नै हो नि मर्जरमा गएपछि त । यसमा कस्तो भने ज्योती लाइफको त क्लोज गर्नैपर्छ । सूर्यज्योतीको चाहिँ छुट्टै एक वर्षको वित्तीय विवरण बनाउनुपर्ने भएकाले त्यस्तो भएको हो । यसमा प्यानदेखि ट्याक्समा असर पर्ने भएकाले त्यस्तो फरक फरक वित्तीय विवरण बनाउनु परेको हो ।’ 

Advertisement