भित्तो काट्नुपर्ने भन्दै फेरि नारायणगढ–मुग्लिन सडक खण्ड दैनिक ४ घण्टा अवरोध गर्ने तयारी

Advertisement

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि दैनिक चार घण्टा सवारी साधन बन्द हुने भएको छ । सो खण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएको भन्दै पुस ७ देखि सवारी साधन सञ्चालनमा समय तालिका तोकिएको हो । 

नागढुङ्गा–मुग्लिन सडक आयोजनाका इन्जिनियर  कृष्ण आचार्यका अनुसार बिहान ११ देखि दिउँसो ३ बजेसम्म हरेक दिन सडक बन्द हुनेछ ।  पहिलो चरणमा तीन हप्ता यातायात सेवा रोकेर भित्तो काटिने छ ।

Advertisement

यसअघि पनि पटक पटक सडक विस्तार र पुल निर्माणका लागि भन्दै सवारी साधन रोक्ने काम हुँदै आएको थियो । गत वर्ष पनि तुइनखोलामा पुल निर्माणका लागि भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम सम्पन्न हुन नसकेको आयोजनाको भनाई छ । सो ठाउँमा विस्फोट गरेर भित्तो काट्ने तयारी गरिएको छ । 

शनिबार कुरिनटारमा चितवन, गोरखा र धादिङका प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा बसेको अन्तर जिल्ला बैठकले सडक रोकेर काम गर्ने निर्णय गरेको हो ।

Advertisement