वैदेशिक रोजगारीमा गएका श्रमिकलाई मताधिकार दिएमात्रै उनीहरुका मुद्दा सम्बोधन हने

Advertisement

काठमाडौं । वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई मताधिकार दिएमात्रै राजनीतिक दलका नेताहरुले उनीहरुका मुद्दा सम्बोधन गर्नसक्ने सरोकारवालाहरुले बताएका छन् ।

सोमवार बहसमा बोल्ने वक्ताहरुले कार्यरत स्थानबाट मतदान गर्ने अधिकार भयो भने मात्रै राजनीतिक पार्टीहरुले श्रमिकका मुद्दामा बोल्न शुरु गर्ने बताएका हुन् । 

Advertisement

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले वैदेशिक रोजगारीको रुपमा विभिन्न शहरमा गएर काम गर्नेहरुलाई मताधिकार दिएमात्रै राजनीतिक पार्टीहरुले उनीहरुका मुद्दा सुन्ने बताए । उनले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुले पठाएको रेमिट्यान्स सही ठाउँमा प्रयोग हुन नसकेको बताए । 

कुँवरले भने, ‘वैदेशिक रोजगारीको रुपमा विभिन्न शहरमा गएर काम गर्नेहरुलाई मताधिकार दिनुपर्छ । किनभने कार्यरत स्थानबाट मतदान गर्ने अधिकार भयो भने राजनीतिक पार्टीहरुले उहाँहरुका मुद्दामा बोल्न थाल्नुहुन्छ । जब मत खाडी मुुलुकबाट आउन थाल्छ, त्यसपछि उहाँहरुका मुद्दाले ठाउँ पाउँछ ।’ 

उनले थपे, ‘वैदेशिक रोजगारीमा गएका जतिपनि श्रमिक छन्, तिनले पठाएको रेमिट्यान्सको सही सदुपयोग भएको छैन् । त्यसलाई उत्पादनमुलक क्षेत्रमा लगाउनुपर्छ । राज्यले त्यस्तो पोलिसि निर्माण गर्नुपर्छ । ३० लाख भन्दा बढी श्रमिक गएर जुन रेमिट्यान्स यहाँ भित्रिन्छ, त्यो भन्दा बढी गैरभारतीय श्रमिकहरु यहाँ काम गरेर उहाँहरुले त्यो भन्दा ठूलो रेमिटेन्स बाहिर लैजानुहुँदो रहेछ । रोजगारीमा जाने श्रमिकहरुलाई सीप दिनुपर्छ ।’

रोजगार व्यवसायी राजेन्द्र भण्डारीले श्रमिकलाई सीपयुक्त बनाएर पठाउनसके थोरै संख्यामा गएर धेरै रेमिट्यान्स आउने बताए । उनले विदेशमा गएका श्रमिकहरुबाट आएको रेमिट्यान्स रोजगारमुलक क्षेत्रमा लगाउन आवश्यक रहेको बताए । 

भण्डारीले भने, ‘हामीले श्रमिकलाई सीपयुक्त बनाएर पठाउनसके उहाँहरुले थोरै संख्यामा गएर धेरै रेमिट्यान्स पठाउनुहुन्छ । नेपालमा जतिपनि शिक्षामा लगानी हुन्छ, यहाँ राम्रा विद्यालयमा पढाएका विद्यार्थीहरु बाहिर गएर उतै बस्ने र यताको बेचेर सम्पत्ति लैजाने गर्नुहुन्छ । यहाँ विदेशमा गएका श्रमिकहरुबाट आएको रेमिट्यान्स रोजगारमुलक क्षेत्रमा लगाएर राज्यले युवाहरुलाई जोड्नुपर्छ । विदेशमा पठाउनुपर्छ भन्दा पनि गुणस्तरीय श्रमिक पठाऔँ । बाक्लो संख्यामा कामदार पठाएका मुलुकमा श्रम सम्झौता गरी दुतावास खोल्ने, कामदार पठाउने काममा लाग्नुपर्छ । सुरक्षित आप्रवासनको लागि हामी जिम्मेवार हुनुपर्छ ।’

रोजगार व्यवसायी भण्डारीले बाक्लो संख्यामा कामदार पठाएका मुलुकमा श्रम सम्झौता गरी दूतावास खोल्ने, कामदार पठाउने काममा लाग्नुपर्ने र श्रमिकको सुरक्षित आप्रवासनको लागि जिम्मेवार हुनुपर्ने बताए । 

Advertisement

Advertisement