नेपाल लाइफपछि अरु पाँच कम्पनीले सहायक कम्पनी खडा गर्दै, सूर्य ज्योति भने पछि हट्यो

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नै लगानीमा सब्सिडियरी (सहायक) कम्पनी खोल्ने निर्णय गरेसँगै अरु पाँच बीमा कम्पनीहरु यस्तो कम्पनी खडा गर्न प्रक्रिया अघि बढाएका छन् । 

नेपाल बीमा प्राधिकरणमा नेपाल लाइफपछि अरु पाँच बीमा कम्पनीले समेत आवेदन दिएका छन् । आवेदन दिनेमा ठूला खालका बीमा र निर्जीवन बीमा कम्पनी छन् । तर ठूलो कम्पनीको रुपमा हेरिएको सूर्य ज्योति लाइफ इन्स्योरेन्सले भने यस्तो सहायक कम्पनी खोल्ने आँट गरेको छैन् । 

Advertisement

प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले भने, ‘सबैभन्दा पहिला नेपाल लाइफ अघि सरेको हो । अहिले अन्य धेरै कम्पनी पनि इच्छुक देखिएका छन् । त्यसमध्ये पाँच वटाले त आवेदन नै दिएका छन् ।’

बीमा कम्पनीहरुलाई लगानी विस्तार गर्न यस्ता सहायक कम्पनी खोल्न नयाँ बीमा ऐनले नै बाटो खुल्ला गरेको उनले बताए । पौडेलले ऐनको एउटा दफा ( दफा नं. ७३)मा बीमा कम्पनीहरुले आफ्नो लगानीलाई सब्सिडियरी कम्पनीको रुपमा बिस्तार गर्न पाउने उल्लेख रहेको बताए । 

बीमा ऐनले लगानी बिस्तार र विविधिकरण गर्न ऐनले नै बाटो खोलिदिए पनि कम्पनी र प्राधिकरणबीच अलमल सिर्जना हुँदै आएको छ । प्रस्ताव पेश गर्ने कम्पनीहरुले एक–एक अर्ब रुपियाँ चुक्ता पुँजीको सहायक कम्पनी स्थापना गर्न इच्छा देखाएका छन् । ऐनले यस्तो कम्पनी खडा गर्न बाटो खोले पनि नियमावली नआएका कारण यस्तो कम्पनीको मोडालिटि अझै स्पष्ट हुन सकेको छैन् । 

यद्यपि प्राधिकरणले प्रारम्भिक रुपमा कम्तिमा १० करोड रुपियाँ चुक्ता पुँजी भएको सहायक कम्पनी खडा गर्न दिने सोच बनाएको छ । चुक्ता पुँजीलगायतका कुरामा स्पष्ट नियम तथा निर्देशिका नआउँदा कम्पनीहरुले ढुक्क र तीब्रताका कारण कम्पनी स्थापना गरी लगानी गर्न पाएका छैनन् । प्राधिकरण भने कम्पनीहरुलाई लगानी बिस्तार गर्न र सहायक कम्पनी स् थापना गर्न सहजीकरण गर्ने आश्वासन दिँदै आएको छ । 

लगानी कति पटक गर्ने ? भन्नेमा नै अन्योलता 
नयाँ बीमा ऐनले कम्पनीहरुलाई सहायक कम्पनी खडा गर्न बाटो खोलिदिए पनि यस्तो लगानी कति पटकसम्म थप गर्न पाउने हो ? कतिसम्म गर्न पाउने हो ? बीमा कम्पनीले आफ्नो कुन (कोषको, नाफाको, लगानीको) रकम सहायक कम्पनीमा लगानी गर्न पाउने हो ? यस्तो सहायक कम्पनीले कुन कुन क्षेत्रमा लगानी गर्न पाउने हो ? जस्ता कुराको अन्योलता कायम रहेको छ । 

बीमा कम्पनीहरुले चाहेको तथा आवश्यकता परेको बेला पुँजी थप्न पाउनुपर्ने शर्त राख्दै आएका छन् । तर प्राधिकरणले भने पटक पटक लगानी थप्दा बेथिति हुने तर्क गर्दै आएको छ । 

हाल प्राधिकरणमा लगानी बिस्तारका लागि सहायक कम्पनी खडा गर्ने भन्दै नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, सलिको इन्स्योरेन्स रहेका छन् । यी कम्पनीहरुले सहायक कम्पनी खडा गर्न अनुमति पाएमा छ अर्ब रुपियाँको लगानी कम्पनीहरु बन्नेछन् । 

सूर्यज्योती इन्स्योरेन्सले पनि यस्तो कम्पनी स्थापनाका लागि इच्छा देखाए पनि उसले तोकिएको चुक्ता पुँजी पुर्याउन नसकेको र हिसाब गोलमाल भएका कारण मर्जर हुनुअघि कै वित्तीय विवरण दुई वटा बनाउनु परेका कारण सहायक कम्पनी स्थापनाका लागि आवेदन गर्ने कुराबाट पछि हटेको प्राधिकरण स्रोतले बतायो । 

Advertisement